सम्पदा लघुवित्तले गर्यो तत्कालिन प्रकाअ सहित थप दुई शाखा प्रमुखलाई निलम्बन



दैलेख । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले तत्कालिन प्रमुख कार्याकारी अधिकृत सहित थप दुई शाखा प्रमुखलाई निलम्बन गरेको छ । संस्थाको कागजपत्रको दुरुपयोग तथा संस्थाको हित बिपरित कार्य गरेको भन्दै संस्थाका तत्कालिन प्रमुख कार्याकारी अधिकृत रेशम न्यौपाने सहित पुर्तिघाट शाखाका प्रमुख हर्ष बहादुर बसेल र हाल बज्रबाराही शाखाका प्रमुख शुदर्शन सिहं ठकुरीलाई निलम्बन गरेको हो ।

संस्थाका कार्याकारी प्रमुख केशव पौडेको हस्ताक्षर रहेको जानकारी पत्रमा जिल्ला अदालत गुल्मीले सो वित्तिय संस्थाका पूर्तिघाट शाखामा कार्यरत सहायक कर्मचारीहरु कुमारी थापा र मुना गाहा मगरले बिभिन्न समुहका सदस्यहरुको नाममा नक्कली तमसुकहरु खडा गरी सो मा आफै वा अन्य सरोकार नभएका व्यत्तिको ल्याप्चे सही देखाई रकम निकासा गरेको अभियोगमा उनिहरुलाई जेल चलान गरेको थियो । तर हालसम्म पनि ठगी भएको दाबीको रकम संस्थामा दाखिला नभएतापनि प्रतिवादीहरुका तर्फबाट संस्थामा दाबी रकम दाखिला भईसकेको व्यहोरा देखाइ संस्थाको लेटर प्याड र नक्कली स्टेटमेन्ट बनाई कुमारी र मुनालाई थुनामुक्त गराएपछि सो कसुरमा उनिहरुलाई सञ्चालक समितीको निर्णयअनुसार न्यौपाने,बसेल र सिहं ठकुरीलाई निलम्बन गरेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार