ग्रील,स्टिल तथा आल्मुनियम व्यवसायी संघ बाँकेले मनायो दोस्रो वार्षिक उत्सव



बाँके । ग्रील,स्टिल तथा आल्मुनियम व्यवसायी संघ बाँकेले संघको दोस्रो वार्षिक उत्सव भव्य रूपमा मनाएको छ । शनिबार(आज) नेपालगन्जको राझा एयरपोर्ट नानापुर लायन्स पार्कमा एक बनभोज कार्यक्रम आयोजना गरी सो मनाएको हो ।

संघ बाँकेका जिल्ला अध्यक्ष जनक पहराई मगरको सभापतित्वमा सञ्चालन गरिएको उक्त कार्यक्रममा जिल्लाभरका ग्रील स्टील तथा आल्मुनियम व्यवसायिहरुको सहभागिता रहेको थियो ।

समारोहमा अध्यक्ष पहराईका अनुसार लुम्बिनी प्रदेश ग्रील स्टील तथा आल्मुनियम व्यवसाय संघले बनाउन लागेको नीति नियम सघाउ पुर्याउने,कार्यसमिति सशक्त तथा मजबूत बनाउने जस्ता निर्णय गरेको उल्लेख गरे । उनले संगठनलाई थप मजबुत गराउन संघमा वरिष्ठ सल्लाहकार र प्रेस सल्लाहकारको नियुक्ति गरेको जानकारी गराए ।

समारोहका बीच बरिस्ठ सल्लाहकारमा बसन्त बोहरालाई र प्रेस सल्लाहकारमा अशोक थापालाई नियुक्ति गरेको अध्यक्ष पहराईले बताए ।

प्रकाशित मिति : २०८१ माघ २६ गते शनिवार