आज हुन लागेको उवासंघको साधारण सभामा केन्द्रिय अध्यक्ष सहित पाँच सदस्यीय टोलि समेत आउन लागेको छ उहाँहरुलाई कालो झण्डा देखाउने र कालो मोसो समेत दल्ने कार्यक्रम रहेको व्यापारीहरुले बताएका छन् ।
कालोझण्डा देखाउने मात्र होइन, कालो मोसो दल्ने समेत हाम्रो तयारी भइरहेकाे व्यवसायीले भने ।
वि.स. २०७७ सालमा उद्योग बाणिज्य संघमा ३५ सय सदस्य रहेको र अहिले कुल २० प्रतिशतले मात्र नविकरण गरेको बताए । ‘अब उवासंघ हामीलाई चाहिदैन,’ उनले भने, जुन व्यवसायीको हकहितमा बोल्दैन उसकै सदस्यता किन बन्ने ? भन्दै आक्रोस समेत पोखे ।
उवासंघ कोहलपुरका महासचिव मातृका सापकोटासंग कुराकानी गर्दै नविकरण कति गरेको भन्ने विषयमा भने अनविज्ञ भएको बताए । व्यवपारीहरुको कालो झण्डा देखाउने र कालोमोसो समेत दल्ने कार्यक्रम राखेको भन्ने विषयलाई बुझ्दा सापकोटाले त्यसको व्यवस्थापन गरिरहेका छौंं त्यसो हुँदैन उनले भने

नेत्र पाटी । २० पुष २०८०, शुक्रबार ०९:१३