सुर्खेतबाट महाकुम्भ जाँदै गरेको ४० सवार बस बबईमा दुर्घटना



सुर्खेत । सुर्खेतबाट भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा तीर्थ गर्न जाँदै गरेको ४० तिर्थयात्री सवार बस बबईमा दुर्घटनामा परेको छ । रत्न राजमार्गको बबई–हर्रे सडकखण्डको बबईदेखी एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ बस सडकबाट दुर्घटना भएको हो ।

हालसम्म दुर्घटनामा भएका १५ जना बढीको उद्दारको लागि कोहलपुर मेडिकल पठाइएको प्रहरीले चौकी बबईले जनाएको छ ।

घटनास्थलमा प्रहरी चौकी चेपाङ बर्दिया र बबईको टोली उद्दारको लागि खटिएका छन् ।

सुर्खेतबाट तिर्थयात्री बोकेर भारतको कुम्भमेला जाँदै गरेको भे १ ख ४३३१ नम्बरको बस बबई क्षेत्रमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमूख रुपेश खड्काले जानकारी दिए ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । थप विवरण आउन वाँकी ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार