
बाँके। वरिष्ठ अधिवक्ता तथा साहित्यकार भीमबहादुर शाहीद्वारा लिखित पुस्तक विमोचन गरिएको छ ।आज(शनिबार) नेपालगन्जको १८ स्थित गोलपार्कमा एक कार्यक्रमका बीच ‘मनको पर्यासन’ नामक संस्मरणसंग्रह पुस्तक विमोचन गरिएको हो ।
सर्वदा साहित्य संगम नेपालगन्जको प्रकाशक रहेको उक्त संस्मरण संग्रह पुस्तकको विमोचन कार्यक्रम डाक्टर प्राजन शर्माले समुदघाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा शर्माले उहाँले जीवनमा भोगेको कुरा लेख्नुभएको बताउनु भयो । उहाँले ” एउटा साहित्यकारले जसरी जीवन निर्वाह गरेर आफ्ना अभिव्यक्तिहरु लिखिबद्ध तरिकाले किताबमा उतार्नु निकै प्रशंसनीय छ।” भन्नुभयो । डाक्टर शर्माले प्रकाशित २७औं पुस्तकको लागि बधाई दिँदै शुभकामना दिनुभएको छ । जबसम्म नेपालगन्जको साहित्यिक क्षेत्र,बौद्धिक क्षेत्र,प्राध्यापन अहिलेको स्थिति भन्दा माथि उठ्दैन तबसम्म जिल्लाभन्दा बाहिर सोध्न मान्छे नपाइने उहाँको बुझाइ छ ।
समारोहमा अधिवक्ता तथा साहित्यकार भीमबहादुर शाहीले स्वर्ग नर्क बाँचुन्जेल छ भन्ने धारणा राख्नुभएको छ । बाँचुन्जेल केही नगर्ने तर उही व्यक्ति मरेपछि मूर्ति पूजा गर्ने संस्कृति हटाउनुपर्छ भन्ने साहित्यकार शाहीले बताउनु भयो । हरेक घर घरका व्यथा मिली कथा बन्छन्, हरेक कथा कथा मिलेर उपन्यास बन्छन् त्यसैले समाजको लागि भएपनि लेख्ने बानी बसाल्नुपर्ने बताउनु भएको छ । विभिन्न उदाहरण दिँदै आफूले भोगेको घटनालाई प्रष्ट राख्न खोजेको प्रस्ट्याउनु भएकोछ । त्यस्तैगरी साहित्यमा पनि विभिन्न राजनीतिक पार्टी जोडिने गरेको दुःख व्यक्त गर्दै आफू कहीँकतै नरहेको र यसो गर्नु गलत हो भन्ने शाहीको धारणा छ । समारोहमा उपस्थिति जनाउने सबै साहित्यकारलाई धन्यबाद व्यक्त गर्दै गर्दैगर्दा शाहीको आँखाभरि आँशु देखिएको थियो ।
अधिवक्ता तथा साहित्यकार शाहीका जीवन घटनालाई स्मरण गर्दै संस्मरणसंग्रह पुस्तक भित्र भात बोक्ने ताप्के,रुमालको भोटो,प्रायश्चित,मासु खाएको पाप,प्रदेशको पीडा,अधिरै रहेका साझा सपना,फेसबुके परी,अनौठो ढुङ्गा,छोरासँग कुस्ती,सुरमा सरोवरको देबदूत,पवित्र कैलाशमान सरोवर,पंजाबतिर बरालिदा,माउन्ट आबुका सेता बथान, बढीमालिकाको तीर्था टन, बागबजारकी साहुनी, तानसेनको बसाई,स्वर्गद्वारी दर्शन, साईकुमारी डिग्रेको जात्रा,पालुवाको जन्म,खोलामा बगेको क्षेण र अवि: एक दुःखान्त कथा शीर्षकमा लेखिएको छ ।
अधिवक्ता तथा साहित्यकार भीमबहादुर शाहीको संस्मरणसंग्रह पुस्तकको चौथो पानाको भित्री पेजमा पुस्तक प्रकाशनमा सहयोग गर्ने उहाँको जेठी छोरी राष्ट्रिय सभा सदस्य सावित्री मल्ललाई धन्यबाद प्रकट गर्नुभएको छ ।
संस्मरण संग्रह पुस्तक सर्वदा साहित्य संगम नेपालगन्जका अध्यक्ष खगेन्द्र गिरी ” ले प्रकाशकीय गरेका छन् ।
समारोहमा ५४ जनाको उपस्थिति रहेको थियो । पुस्तक १ हजार थान छापिएको छ । भने पुस्तकको मूल्य ५ सय तय गरिएको छ।
प्रतिक्रिया दिनुहोस्