अर्गानिक उत्पादनलाई जोड दिदै महिला उद्यमी संघ

बाँके। नेपालगन्ज बाँकेको महिला उद्यमीहरु पछिल्लो समय अर्गानिक उत्पादनलाई जोड दिदैं आएका छन् । स्वास्थ्यलाई मध्यनजर गर्दै गुणस्तर र अर्गानिक सामानको उत्पादनतिर बढि केन्द्रित भएको महिला उद्यमी संघ नेपाल बाँकेकी अध्यक्ष साबित्रा बस्नेतले जानकारी दिनुभयो ।

महिलाहरुले घरमै उत्पादन गरेका सामानहरु बजारीकरणका लागि नेपालगन्ज ल्याउने गरेका छन् । २०७५ सालमा महिला उद्यमी सघंद्वारा कोसेली घर नामक संकलन केन्द्रको स्थापना गरि संचालन गरिरहेका छन् । उक्त कोसेली घरमा बाँके जिल्लासंगै अन्य बर्दिया, दाङ, कैलाली, सुर्खेत, रोल्पा लगायतका जिल्लाका महिलाहरुले आफ्नो उत्पादित सामान बिक्रि वितरणका लागि पठाउने गर्नुहुन्छ । कोसेली घरले गर्दा विभिन्न जिल्लाका महिला उद्यमीहरुलाई एकजुट हुन सजिलो भएको छ ।

अध्यक्ष बस्नेतका अनुसार महिला उद्यमी संघले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनका लागि र सामानको प्रवद्र्धनका लागि प्रत्यक वर्ष प्रदर्शनीे मेलाको आयोजना गर्दै आइएरहेको छ । त्यस्तै यो वर्षपनि बागेश्वरी मन्दिर परिसरमा फागुन ६ गतेदेखि सञ्चालन भएको मेला १० गते सम्म रहन्छ ।

आफ्नो पहुँच पु¥याउन नसकेका गाउँदेखि शहरसम्म र साना देखि ठूला महिला उद्यमीहरुको पहँुचमा मेलाले सहयोग गर्ने उद्देश्य रहेको छ । यसरी आयोजना गरिने मेलाबाट प्रत्यक वर्ष नयाँ उद्यमीहरु उत्पादन भईरहेको अघिल्ला वर्षका मेलाको अनुभव अध्यक्ष बस्नेतसंग छ ।

 

मेलामा महिलाहरुले आफैले हातले बनाएका खाद्यान्न तथा कपडाहरु ल्याउने गरिन्छ । मेलामा लुम्बिनी, कर्णाली र सदुरपश्चिम प्रदेशबाट आउने महिलाहरुले स्थानीय उत्पादन जस्तैः तारिको तेल, बेसार, दाल, मह, टिमुर,चियापत्ति, मार्सिधान जस्ता खाद्यान्न संगै काँस र थाकलबाट बनेका सामाग्री, मकै र केराको रेसाबाट बनेका सामाग्री, अल्लोबाट ब्याग तथा टोपी र मन्दिरमा चढाएर फालेको फुलबाट बनाएको मंगलधुप जस्ता अर्गानिक र गुणस्तरिय सामानहरु ल्याईने गरिएको प्रदर्शनी मेला संयोजक रेवती सिंहले जानकारी दिनुभयोे ।

 

यसरी आयोजना गरिने मेला तथा प्रदर्शनले आफ्नो उत्पादनको पचिानमा ठूलो भूमिका खेल्ने नेपालगन्जमा सेलरोटी बेच्दै आउनुभएकी पुनम शर्माले बताउनुभयो । उहाँले हरेक वर्ष महिला उद्यमी संघले आयोजना गर्ने मेलामा आफुले पनि सेलरोटी बेच्दै आउनु भएको छ । उहाँ सेलरोटीसंगै चिया र अचार पनि संगै बनाएर बेच्नुहुन्छ । मेला अवलोकन गर्नुहुनेहरुले सेलरोटी खाजाको रुपमा खाने गरेको उहाँको भनाई छ । मेलामै सेलरोटी बनाउने र तातो सेलरोटी बेच्ने गरेकोले सबैेजनाले रुचाउने गरेको पनि उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया