उप-मेयर कप छात्रा क्रिकेट खेलमा बालशिक्षा माविको जित



बाँके। बाँकेको कोहलपुर नगरपालिकास्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी ७ औं संस्करणको उप-मेयर कप छात्रा क्रिकेट बालशिक्षा माविको जितमा प्रतियोगिता सकिएको छ । आज बिहिबार सम्पन्न भएको खेलमा सेन्चुरी सेकेन्डरी एकेडेमीलाई हराउँदै सो प्रतियोगिता सकिएको हो ।

 सो म्याचमा बालशिक्षा माविले पहिलो ब्याटिङ रोजेको थियो । उक्त खेलमा बालशिक्षा माविले जम्मा १५ ओभरमा १ सय ३४ रन बनाएको थियो । भने उता सेन्चुरी सेकेन्डरी एकेडेमीलाई ७.३ ओभरमा ३४ रनमा अलआउट भएको थियो ।

हिजो(बुधबार)देखि सञ्चालनमा आएको पहिलो प्रतियोगिता कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले उद्दघाटन गर्नुभएको थियो । यही फागुन १३ गते सम्म संचालन गरिने उक्त प्रतियोगितामा कोहलपुर नगरभित्रका १८ विद्यालयले आफ्नो खेल देखाउने भएका छन् ।

आजको पहिलो प्रतियोगितामा वेस्ट प्लेयर अफ दि म्याचमा सम्झना पुनले पाउनु भएको छ । उहाँले ५ विकेट लिन सफल हुनु भएको थियो ।

प्रतियोगिताको प्रथम पुरस्कार ३५ हजार र २५ हजार बराबरको क्रिकेट किट, दोस्रो पुरस्कार २० हजार र १५ हजार बराबरको त्रिकेट किट रहेको छ । उत्कृष्ट ५ जना खेलाडिलाई क्रिकेट एकेडेमीमा निःशुल्क प्रशिक्षणको व्यवस्था गरिएको छ । यस्तै प्यलेर अफ दि सिरिज ७ हजार ५ सय, बेष्ट बेटर ५ हजार, बेष्ट बलर ५ हजार र एक पिस क्रिकेट सुज र उदीयमान एक जना खेलाडीलाई १ पिस क्रिकेट सुज पुरस्कार पाउँनेछन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहीवार