
बाँके । राष्ट्रीय युवा संघ नेपाल बाँकेको सहइन्चार्जको जिम्मा उमेश जंग ठकुरीले पाउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटीको फागुन ६ र ७ गते बसेको बैठक निर्णयबाट उक्त पदको लागि उहाँलाई जिम्मेवारी दिइएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी बाँकेद्वारा उहाँलाई सफल कार्यकालको शुभकामना दिंदै प्राप्त गर्नु भएको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरी पार्टीको विस्तार तथा विकासको निम्ति महत्वपूर्ण योगदान पुर्याउनु हुनेछ भन्ने अपेक्षा राखिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले युवाहरुलाई संगठित रूपमा थप मजबुत तथा विस्तारमा थप सुधार ल्याउने हेतुले ठकुरीलाई सह इन्चार्जको जिम्मा लगाइएको जिल्ला कमिटी अध्यक्ष निरक गुरुङले पत्रमार्फत जनाउनु भएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्