अबको शिक्षा प्रणालीमा परिवर्तन गर्नुपर्नेः नेका नेता डा.शेखर कोइराला



बाँके । नेपाली कांग्रेस केद्रिय नेता डा.शेखर कोईरालाले अब नेपालको शिक्षा प्रणालीमा परिवर्तन ल्याई अगाडी बढ्नुपर्ने बताउनु भएको छ । नेपाल रिपब्लिक मिडिया लिमिटडले सोमबार नेपालगन्जमा आयोजना गरेको ‘म नागरिक म बनाउँछु नेपाल’ अभियान कार्यक्रमका वक्ता एवम् प्रमुख अतिथिका रुपमा उपस्थित डा. कोईरालाले अब देशको शिक्षा प्रणालीमा सैद्धान्तिक र प्राक्टिकल दुवै विषयमा जोड दिनुपर्ने बताउनुभएको हो ।

नेता डा. कोइरालाले अब नेपालका बिद्यार्थीहरुका लागि पनि बिदेशमा जस्तै पढाइ सगैं काम गर्ने व्यवस्था ल्याई प्रमोट गर्नुपर्नेे बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालका सात वटै प्रदेशमा एजुकेशनल सिस्टम चेन्ज गर्न सक्यौं भने यहाँका बिद्यार्थीहरु पनि पढ्दै काम गर्न सकिने बिश्वास जनाउनु भयो ।” उहाँले वर्तमान समयका राजनितीज्ञहरुले राजनितीलाई पेशा बनाउँदा युवाहरुलाई वर्तमान राजनितीज्ञप्रति देश बनाउने बिश्वास नहुँदा अबका युवाहरुलाई राजनितीलाई पेशा नबनाउन सुझाव समेत दिनुभएको छ ।

नेता डा. कोइरालाले युवाहरुलाई नेपाल बनाउन हामी सक्छौ भन्ने अठोटका साथ काम गर्नुपर्ने सुझाउनुभएको छ । कार्यक्रममा प्रमुख बतmाका रुपमा बाल्दै डा. कोइरालाले देश उन्नतीमा लैजान बुदागतरुपमा उल्लेख गर्नुभएको थियो । जसमा नेपाल कृषीप्रधान देश भएतापनि युवाहरुले अघिल्लो पुस्ताले गर्दै अएको तरिका परिवर्तन गरि उच्च मूल्यका कृषिखाद्य उत्पादकत्वमा जोड दिने, पर्यटकीय क्षेत्रलाई बर्गिकरण गर्नुपर्ने र प्रविधिको प्रयोगलाई प्रथामिकतामा राख्नुपर्ने उहाँको जोड थियो ।

नेपाल रिपब्लिक मिडिया लिमिटेडका अध्यक्ष विनोद ज्ञवालीको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली कांगे्रसका नेता डा. शेखर कोइराला, महिल उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवाली, संरक्षणकर्मि मनोज गौतम, सिद्धार्थ ग्रुपका लक्षण न्यौपानेको मूख्य वक्ताका रुपमा उपस्थित रहेको थियो । कार्यक्रममा अन्य वक्ताहरुले देश विकासमा युवाको भूमिका नै प्रमुख रहने बताएका थिए । नेपालमा पनि उद्यम गरि रोजगारको सिर्जना गर्न सके विदेशिने नागरिकको संख्यामा कमि आउने उनीहरुको बुझाई छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मंगलवार