नेसे स्थापनाको २६२ औं वार्षिकोत्सव सम्पन्न

यस्ता अवसरमा प्रधान प्रधानसेनापति प्रसंशा निशान उत्कृष्ट सशत्र प्रहरी बलका सदस्यहरूलाई प्रदान गरिने चलन छ । सोही क्रममा प्रधानसेनापति अशोकराज सिग्देलले सशत्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदीलाई प्रदान गर्नुभएको थियो ।


काठमाडौ । रामचन्द्र पौडेल महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सव को उपलक्ष्यमा सैनिक मञ्च टुडिखेलमा बुधबार एक समारोहका बीच सम्पन्न भएको छ । समारोहमा नेपाली सेनाद्वारा सांस्कृतिक कार्यक्रम,सनिक कौशल प्रदर्शन तथा परेड जस्ता विभिन्न प्रदर्शनी प्रस्तुत गरिएको थियो ।

यस्ता अवसरमा प्रधानसेनापति प्रसंशा निशान उत्कृष्ट सशत्र प्रहरी बलका सदस्यहरूलाई प्रदान गरिने चलन छ । सोही क्रममा प्रधानसेनापति अशोकराज सिग्देलले सशत्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदीलाई प्रदान गर्नुभएको थियो । वरिष्ठ उपरीक्षक सुवेदीको कार्यकालको सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा उनले पुर्याएका समुदायमा उल्लेखनीय भूमिकाका आधारमा उहाँलाई सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा परम्परागत वेशभुषा झल्कने विविध कला, नृत्य  र सङगीतको धुन प्रदर्शन  गरिएको थियो । नेपालको सेना जवानहरू तालिम,शारीरिक क्षमता तथा रणनितीक दक्षता प्रस्तुत गरेका थिए । साथै समारोहमा रेजिमेन्ट,ब्यान्ड र विशेष दस्ताहरुले पनि सहभागिता जनाएका थिए ।

त्यसैगरी कार्यक्रममा उच्च सरकारी अधिकारीहरु,विदेशी कूटनीतिज्ञहरूले,नेताहरुको सहभागिता रहेको थियो

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार