मासिक शुल्क नतिरेको भन्दै प्रीन्सिपलद्वारा विद्यार्थीको एडमिट कार्डमा रोक



बाँके। नेपालगन्जको एक निजि विद्यालयका प्रीन्सिपलले विद्यार्थीले एक महिनाको शुल्क नतिरेको भन्दै एड्मिट कार्ड दिनबाट रोक लगाएका छन् ।

‎नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर एक रानाचोकमा रहेको सनविम इङ्ग्लिन मिडियम स्कुलका प्रीन्सिपल संजय कुमार गुरुङले विद्यार्थीलाई एडमिट दिनबाट रोक लगाएका हुन् ।  परिक्षाको अघिल्लो दिन विद्यार्थीले एडमिट कार्ड लिन जाँदा मासिक शुल्क नतिरेको भन्दै विद्यार्थीलाई खाली हात फर्काएका थिए ।

‎प्रीन्सिपलको यस्तो व्यवहारले विद्यार्थीलाई मानसिक रुपमा असर पर्ने अभिभावकले चिन्ता व्यक्त गरेका छन् । स्कुलले पुर्व जानकारी नगराई अचानक परिक्षाको अघिल्लो दिन एडमिट कार्ड नदिनु आपत्ति जनक व्यवहार भएको अभिभावकको भनाई छ ।

‎सोही स्कुलका लेखापाल केशव भन्डारिले एडमिट कार्ड बितरण सम्बन्धित आफुलाई कुनै जानकारी नभएको बताएका छन् । एडमिट कार्ड बितरण तथा आर्थिक कारोबार लेखा शाखाबाट हुने भएपनी प्रीन्सिपलले आफ्नो कब्जामा राखी आफै बितरण गर्दै आएको उनको भनाई छ ।

‎परिक्षाको अघिल्लो दिन एडमिट कार्ड नपाउँदा कक्षा ९ का विद्यार्थी रुँदै घर फर्किएका छन् । प्रीन्सिपल गुरुङले १५ जना भन्दा जना बढि विद्यार्थीको एडमिट कार्ड रोकिदिएका थिए । एडमिट कार्ड रोकिएको जानकारी पाएपछि अभिभावक हतार हतार शुल्क तिर्न स्कुल पुगेका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मंगलवार