बिएन अस्पतालद्वारा कान अप्रेशन शिविर



बाँके। बिएन अस्पतालद्वारा कान अप्रेशन शिविर सञ्चालन गरिएको छ । ब्रिनोज युकेको सहकार्यमा सञ्चालन गरिएको उक्त शिविरमा पहिलो दिन १ सय ५५ जनाले लाभ लिएका छन् ।

अस्पतालको आफ्नै भवन परिसरमा सञ्चालन गरिएको उक्त शिविर चैत्र २ देखि १८ गते सम्म रहनेछ । शनिबार शिविरमा १० वर्ष देखि ५५ वर्ष सम्म बिरामीले लाभ लिएको थिए ।

शिविरमा अधिकांशको कानमा काने गुजी भरीएको , कम सुन्ने ,जालीमा समस्या र हड्डी खाने समस्या देखा परेको अस्पतालका संचालक राम बहादुर बोहोराले जानकारी दिनुभयो । साथै उहाँले यस्ता बिरामीलाई सहुलियत दरमा सल्यक्रिया गरिने बताउनु भयो ।

प्रकाशित मिति : २०८१ चैत्र २ गते आइतवार