ध्वनि प्रदूषण गर्ने ६ वटा मोटरसाइकल नियन्त्रणमा



बाँके। जिल्ला ट्राफिक कार्यालय बाँकेले स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने ६ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । शनिबार र आइतबार गरी स्वरूप परिवर्तन गरी स्टन्ट बाइक बनाउने साथै ध्वनि प्रदूषण गराउने मोटरसाइकलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख इन्स्पेक्टर पुष्कर पन्तले बताउनु भएको छ ।

पन्तका अनुसार साइलेन्सर मोडीफाई गरेको ५ र १ वटा बड़ी मोडिफाइड गरेका मोटरसाइकल नियन्त्रणमा लिई कारबाहीको प्रक्रिया अघि बढाएको बताउनु भयो । उहाँका अनुसार ट्राफिकसँग स्वरूप परिवर्तनको जरिवाना गर्ने दफा नभएकाले नियन्त्रणमा लिएका मध्य पत्रसहित ४ जना सवारी धनी संपर्कमा ल्याई यातायात कार्यालय पठाएको जानकारी गराउनु भयो । मोटरसाइकलको स्वरूप परिवर्तन गरी चलाउने सवारीधनी लाई २ हजार देखि १० हजार सम्म जरिवाना रहेको छ ।

पन्तले नियन्त्रणमा लिएका मोटरसाइकल पूर्ववत अवस्थामा फर्काएर जरिवाना तिरेर साथै कागजपत्र चेकजाँच गरी मात्र सवारी धनीलाई मोटरसाइकल फर्काइने जानकारी गराउनुभयो ।

जिल्ला ट्राफिक कार्यालयले बाँकेमा बेला बेला विभिन्न सचेतना मुलक कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ९ गते आइतवार