
बाँके। एबिपि क्राइम न्यूजका अध्यक्ष पत्रकार आशिष मल्ल ठकुरीको बिना शर्त रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेको मुलगेट अगाडि प्रदर्शनी गरिएको छ ।
मल्ललाई व्यक्तिगत प्रतिशोध राखेर हिरासतमा राखेको भन्दै सिको विरोध प्रदर्शन गरिएको हो ।
“कसैको पनि मानव अधिकार हनन गर्न पाइँदैन । यस्तो सिडिओ बाँकेमा चाहिँदैन” ब्यानर सहित प्रदर्शनकारीहरु प्रशासन अघि शान्तिपूर्ण विरोध जनाएका थिए । प्रदर्शनकारी अरूको हकहितमा बोल्ने व्यक्तिलाई हिरासतमा राख्नुको सट्टा अरु अपराधीलाई पक्रेर देखाउनु भन्दै विरोध गरेका थिए ।
मल्ललाई प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको निर्देशनमा अभद्र व्यवहार भएको भन्दै अनुसन्धानको लागि हिरासतमा राखिएको छ । मल्ललाई दश दिनको म्याद थपि हिरासतमा राखिएको छ ।
उसो त बाँकेमा प्रमुख जिल्ला अधिकारी आएको पन्ध्र दिन भएको छ । आजै सम्पन्न पत्रकारसँग परिचयात्मक कार्यक्रममा सिडिओ जोशीले मल्ललाई भिडियोको कारणले पक्राउ नगरी पुरानो मुद्दाको कारणले पक्राउ गरेको बताउनु भएको छ । उहाँले अघिल्लो सिडिओ हुँदा ५ हजार जरिवाना नतिरेको र मल्ल फरार अभियुक्तको सूचीमा रहेको कारण निजलाई पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखिएको प्रष्ट पार्नुभयो ।
सिडिओले जोशीले व्यङ्ग्यात्मक शैलीमा मल्ल पत्रकार भए नभएको अन्योलता रहेको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकारले पत्रकारिता आचारसंहितामा रहेर पत्रकारिता गर्न आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्