प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन) को ‎प्रचार प्रसार सचिवमा ईन्जिनियर पौडेल चयन



काठमाण्डौ। ‎प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन) को ‎प्रचार प्रसार बिभागको प्रतिनिधित्वका लागि सचिव पदमा इन्जिनियर बलराम पौडेल चयन हुनुभएको छ ।

‎पिन को  ऎतिहासिक १०औं राष्ट्रिय महाधिवेशनबाट इन्जिनियर पौडेललाई प्रचार प्रसार बिभागका लागि निर्बिरोध चयन गरिएको हो । यसैगरी अन्य तीन वटा बिभागका लागि पनि छुट्टाछुट्टै सचिव चयन गरिएको छ ।

‎यहि चैत्र १२ र १३ गते ललितरमा सम्पन्न पिनको १०औं राष्ट्रिय महाधिवेशनबाट इन्जिनियर डा. भेषराज थापाको अध्यक्षतामा ९९ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

‎अध्यक्ष थापा संगै उपाध्यक्षमा इन्जिनियर देउकाजी गुरुङ र ई.सौम्य भट्ट, महासचिव मा ई.राजन थापा, उप महासचिवमा ई.ध्रुब भट्टराई, प्रचार प्रसार विभाग सचिव ई.बलराम पौडेलसंगै संगठन विभाग सचिव ई.प्रदीप नेपाल, अर्थ सचिव ई.स्वाभिमान आचार्य, विदेश विभाग सचिवमा ई.हरि बराललाई जिम्मेवारी दिइएको छ ।

‎नयाँ कार्यसमितिले प्रविधि क्षेत्रका नविनतम प्रविधिहरु, दिगो पुर्वाधार , हरित प्रविधि, डिजिटलाईजेशन र इन्जिनियरिङ क्षेत्रको गुणस्तर वृद्धिका लागि छलफल समेत गरेको छ । उक्त छलफलबाट इन्जिनियरहरुको हकहित र प्रविधी बिकास , पुर्वाधार बिकास र प्रविधी नवप्रवर्तन, इन्जिनियरहरुको व्यवसायिक मर्यादा र क्षमता ‎बिकास, युवा इन्जिनियरहरुको समान सहभागिता र सशक्तीकरण र रणनीति योजना र दिर्घकालिन योजना लगायत निर्णयहरु गरिएको छ ।

” गुणस्तरीय इन्जिनियरिङ सेवा र पूर्वाधार:समृद्ध राष्ट्र निर्माणको बलियो आधार” भन्ने मूल नाराका साथ सम्पन्न भएको उक्त राष्ट्रिय महाधिवेशनको उदघाटन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बिहीवार