प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन)को अध्यक्षमा डा.थापा



काठमाण्डौ। प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन)को केन्द्रीय कमिटी अध्यक्षमा इन्जिनियर डा. भेषराज थापा निर्वाचित हुनुभएको छ ।

पिन को  ऎतिहासिक १०औं राष्ट्रिय महाधिवेशनबाट डा. थापा निर्विरोध निर्वाचित हुनुभएको हो । अध्यक्षमा डा. थापा सहित ९९ सदस्यीय कार्यकारी समिति निर्विरोध चयन गरिएको छ ।

अध्यक्ष थापा संगै उपाध्यक्ष खुल्लमा देउकाजी गुरुङ र महिलामा सौम्य भट्ट, महासचिवमा राजन थापा, उप महासचिवमा ध्रुब भट्टराई, प्रचार प्रसार विभाग सचिव बलराम पौडेलसंगै संगठन विभाग सचिव प्रदीप नेपाल, अर्थ सचिवमा स्वाभिमान आचार्य, विदेश विभाग सचिवमा हरि बराललाई निर्विरोध चयन गरिएको छ ।

‎नयाँ कार्यसमितिले प्रविधि क्षेत्रका नविनतम प्रविधिहरु, दिगो पुर्वाधार , हरित प्रविधि, डिजिटलाईजेशन र इन्जिनियरिङ क्षेत्रको गुणस्तर वृद्धिका लागि छलफल समेत गरेको छ । उक्त छलफलबाट इन्जिनियरहरुको हकहित र प्रविधी बिकास , पुर्वाधार बिकास र प्रविधी नवप्रवर्तन, इन्जिनियरहरुको व्यवसायिक मर्यादा र क्षमता ‎बिकास, युवा इन्जिनियरहरुको समान सहभागिता र सशक्तीकरण र रणनीति योजना र दिर्घकालिन योजना लगायत निर्णयहरु गरिएको छ ।

यही चैत्र १२ र १३ गते ललितपुरमा “गुणस्तरीय इन्जिनियरिङ सेवा र पूर्वाधार:समृद्ध राष्ट्र निर्माणको बलियो आधार” भन्ने मूल नाराका साथ सम्पन्न भएको उक्त राष्ट्रिय अधिवेशनको उद्दघाटन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बिहीवार