जाजरकोटको रोकाया गाउँ केन्द्र भएर ५.२ रेक्टरको भूकम्प



जाजरकोट।पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ। शुक्रबार साझ सुर्खेत, दैलेख, कालिकोटलगायतका जिल्लामा धक्का महसुस भएको हो। भुकम्प गएपछि रोकायागाउका स्थानियहरु वाहिर निस्किएका थिए।

जाजरकोटको रोकाया गाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। शुक्रबार साझ ८ बजेर १० मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

शुक्रबार साझ गएको ५.२ रेक्टर स्केलको भूकम्पले कैलाली,सुर्खेत, दैलेख, कालिकोट,बाँके लगायतका जिल्लाहरुमा धक्का महसुस भएको थियो। भुकम्प गएपछि के कति क्षति भए नभएको जानकारी प्राप्त भई नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २१ गते शुक्रवार