महाराजा मोबाइलसँगै रेस्टुरेन्ट संचालनमा



बाँके। विगत १७ वर्षदेखि महाराजा मोबाइल व्यवसाय गर्दै आएको महाराजा ग्रुपले नेपालगन्जको धम्बोझिमा थप एक व्यवसाय सञ्चालनमा ल्याएको छ । ग्रुपले नयाँ बर्षको सुरुवातसँगै ग्राहकको आवश्यकतालाई थप टेवा पुग्ने उद्देश्यले महाराजा रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा ल्याएको हो । रेष्टुरेन्टको एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सरकारका अन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले उद्घाटन गर्नुभयो ।

पश्चिम नेपालको ठूलो तथा पुरानो शहर नेपालगन्जको धाम्बोझि चोकमै रहेको महाराजा मोबाइल भवनको पहिलो फ्लोरमा फास्टफुड छ भने दोश्रो फ्लोरमा बारसहितको रेस्टुरेन्ट संचालनमा छ । विभिन्न जिल्लामा मोबाइल व्यवसाय गर्दै आएको र आफ्नै ग्राहकको आवश्यकतालाई आत्मसाथ गर्दै यस्तो सुविधायुक्त रेस्टुरेन्ट संचालन गर्न प्रेरित भएको रेस्टुरेन्टका सञ्चालक डम्बरबहादुर चन्द बताउनु हुन्छ । उहाँले ग्राहकको समयलाई मूल्यांकन गरी छिटो छरितो सेवा पुगाउने जिकिर गर्नुभएको छ । उहाँको अनुसार रेस्टुरेन्टको मूलमन्त्र फास्ट सर्भिस रहेको छ ।

मोबाइल व्यवसायसँगै रेस्टुरेन्टलाई निरन्तरता दिने हेतुले  जोडिएको चन्दको बुझाइ छ । रेस्टुरेन्टमा करिब डेढ करोड लगानी रहेको छ । रेस्टुरेन्टमा करिब  १२५ सेवाग्राहीले एकैपटक सस्तो सुलभ मेनुमा सेवा लिन सक्ने चन्दको आंकडा छ । रेस्टुरेन्टमा १८ जना रोजगारी छन् ।

प्रकाशित मिति : २०८२ बैशाख १ गते सोमवार