
काठमाण्डौ। कलाकार राजु केसीको शब्द रहेको ‘दुल्लु दरबार’ बोल रहेको लोक देउडा गीत सार्वजनिक गरिएको छ । सोमबार गायक चक्र बम, गायिका पूर्णकला विसी, राजु केसी र इवसल सञ्ज्यालको स्वर रहेको उक्त गीत सार्वजनिक गरिएको हो ।
गीत प्रिस्मा डिजीटलमा रेकर्डिङ्ग गरिएको छ । सो गीतको म्यूजिक भिडियोमा गायक चक्र बम,दीपा शाही,नवीन पाण्डे र मिस पबी लगायतको मोडलिङ रहेको छ । विक्रम चौहानको कोरियोग्राफर तथा निर्देशक रहेको उक्त म्युजिक भिडियोमा नवराज उप्रेतीले छायांकन गर्नुभएको छ । गीतको म्यूजिक भिडियोको कलर मिक्सिङ मिलान विश्वकर्माले गर्नुभएको छ । त्यस्तै भिडियोमा भ्युजिअल एडिट तथा पोष्टर आर्ट लक्ष्मण चौहानको रहेको छ ।
लोक देउडा दुल्लु दरबार बोलको गीत चक्र बमको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । म्युजिक भिडियो सिजाली राजाको दुल्लु दरबार करिब ८ लाख लगानीमा बनेको गायक राजु केसीले बताउनुभएको छ । सम्भवत नेपाली लोक गीतमा यतिको लगानीमा गरेका म्यूजिक भिडियो विरलै पाइन्छ ।
गीतको म्यूजिक भिडियो छायांकन दैलेख दुल्लु दरबार,पञ्चकोशी तीर्थ स्थल लगायत काठमाण्डौको केही विभिन्न स्थलमा गरिएको छ । कर्णाली प्रदेशभरी रहेका पर्यटकीय स्थलको थप प्रचारप्रसार गर्ने तवरले यो गीतको निर्माण गरिएको गायक केसि बताउनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्