
बाँके । बाँकेको नेपालगन्जका खुद्रा व्यवसायिहरुले आफ्नै संघको निर्णयलाई बहिस्कार गरेको देखिएको छ। खुद्रा व्यवसायी संघ नेपालगन्जले आफ्नो फेसबुक स्टाटस मार्फत स्वोइच्छिक विश्राम गर्ने निर्णय गरिएपछि यस्तो देखिएको हो ।
खुद्रा व्यवसायिहरुको संयुक्त ज्ञापन पत्रको आधारमा नेपालगन्ज खुद्रा व्यवसायी र तयारी कपडा,ब्याग,जुत्ता चप्पल तथा खुद्रा व्यवसायि बीच छलफलपछि गत माघ महिनाको पहिलो शनिबारदेखि व्यवसायिक विश्राम घोषणा गरिएको थियो । तर घोषणाको ३ महिना नबित्दै व्यवसायी संघले उक्त निर्णय परिमार्जित गरी स्वच्छिक बनाएको छ ।
“पहिला पनि यस्तो निर्णय नभएको होइन,यस्तै हुन्छ भन्ने थाहा थियो ।” एक व्यवसायी बताउँछन् । व्यवसायीका अनुसार अब सबैले खोल्ने भएपछि आफुपनि बाध्य रहने बताउँछन् । नेपालगन्जका होलसेल व्यवसायीहरु झै खुद्रा व्यवसायीहरुमा एक्यवद्धता नहुँदा यो समस्या आएको व्यवसायीहरु बताउँछन् ।
खुद्रा व्यवसायी नेपालगन्जको आधिकारिक फेसबुक पेजमा माघ ५ गते देखि प्रत्येक महिनाको पहिलो शनिबार संघमा आवद्ध व्यवसायीहरुलाई असहज गराउने कुनै उद्देश्य नभएतापनि व्यवसायीहरुबाट असहज भएको गुनासो आएपछि आउने महिनादेखि स्वच्छिक विश्राममा जाने निर्णय गरिएको उल्लेख छ ।
व्यवसायी संघको फेसबुक स्टाटसमा व्यवसायीहरु अनुगमनमा भएको कमी र व्यवसायिक एक्यवद्धतामा पूर्णविराम लागेको भन्दै आफ्नो विचार दर्शाएका छन् ।
प्रतिक्रिया दिनुहोस्