बाँके । गृह मन्त्रालयले नेपाल प्रहरीका १२१ प्रहरी नायब उपरीक्षकहरुको सरुवा गरेको छ । वैशाख महिना देखिको तलब, भत्ता पाउने गरी उक्त सरुवा गरिएको हो ।जसमा इलाका प्रहरी कार्यालय कोहलपुरमा डिएसपी लक्ष्मी खनाल आउने हुनुभएको छ ।
डिएसपी खनाल नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्ष नकसालमा काम गर्दै आउनु भएको थियो । डिएसपी खनालको सरुवा पछि कोहलपुर इलाकामा पहिलो पटक महिला डिएसपीको नेतृत्व रहने भएको छ ।
हाल इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज डिएसपी धर्मराज भण्डारीको मानव वेचविखन अनुसन्धान ब्युरोमा सरुवा भएको छ ।

नेत्र पाटी । ११ बैशाख २०८२, बिहीबार ११:३४