बाँके। प्रहरी नायब उपरीक्षक डिएसपी लक्ष्मी खनाललाई कोहलपुरमा स्वागत गरिएको छ । बुधबार एक समारोहका बीच डिएसपी खनाललाई इलाका प्रहरी कार्यालय कोहलपुरले स्वागत गरेको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत मानव श्रोत विकास विभागले गत १० गते डिएसपी खनाल सहित १२१ डिएसपीलाई सरुवा गरेको थियो । सोही क्रममा डिएसपी खनाल नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्ष नकसालबाट कोहलपुर सरुवा हुनुभएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका पूर्व इन्चार्ज डिएसपी धर्मराज भण्डारीको मानव वेचविखन अनुसन्धान ब्युरोमा सरुवा भएको छ ।
डिएसपी खनाललाई सोही कार्यालयका प्रहरी निरीक्षक रमेशलाल पौडेलले फूलको गुच्छा दिएर स्वागत गरेका थिए ।

नेत्र पाटी । १७ बैशाख २०८२, बुधबार ११:०१