अभद्र व्यबहार गर्ने कोहलपुर नगर प्रहरी निलम्बनको माग

बाँके। क्रान्तिकारी कम्युनिस्ट पार्टि नेपालका ३ नं (भेरी-कर्णाली) व्युरो सेक्रेटी दिपक शाहिमाथी अभद्र व्यवहार गरेको भन्दै पार्टिले नगर प्रहरिलाई निलम्बन गरि कारबाहीको माग गरेको छ ।

पार्टीको जनसम्बन्ध बिस्तार अभियानको सन्दर्भमा कोहलपुर मा.वि अगाडी भित्तामा नारा लेखिरहेको समयमा कोहलपुर नगर प्रहरिले सेक्रेटी शाहिमाथी हातपात तथा लछारपछार गरि अभद्र व्यवहार गरेको प्रती आपत्ती जनाउँदै यस्तो अवान्छित व्यवहारमा संलग्न कोहलपुर नगरप्रहरिलाई निलम्बन गरि कारबाहीको दाएरामा ल्याउनु पर्ने कोहलपुर नगरपालिकाले कारबाही नगरे पार्टि आफैले यसबारे छानबिन गर्ने पार्टिका पिबिएम तथा ३नं (भेरी-कर्णाली) व्युरो इन्चार्ज लालबहादुर जाग्रीले बताउनु भयो । नगर प्रहरीलाई कारबाहीमा  गर्ने मात्रै नभई यस्तो कार्यमा नगर प्रहरी परिचालन गर्ने नगर प्रमुख पुर्ण प्रसाद आचार्यले पनि सार्वजनिक रुपमा माफी माग्नुपर्ने पार्टिको माग छ ।

जनयुद्ध/ जनआन्दोलनबाट प्राप्त गरेको राजनीतिक अधिकार, बिधमान संबैधानिक अधिकारलाई कुन्ठित वा संकुचित गर्ने गरि नगर प्रमुख र नगर प्रहरिले गरेको व्यवहार असंवैधानिक गैरकानुनी र अपराधजनक भएको प्रती पार्टिको गम्भीर ध्यानाकर्षण भएको छ ।

हिजो बुधबार दिउँसो २ बजेको समयमा नगरप्रहरिले यस्तो व्यवहार गरेको पार्टिले प्रेस विज्ञप्ति मार्फत जानकारी  गराएको छ ।

तपाईको प्रतिक्रिया