बाँके। गरे नहुने के छ भनेझै एउटा ज्वलन्त उदाहरण हो रविको ‘अटो पसल’ । नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर १२ का रवि शंकर वैश अटोमा कपडा व्यापार गर्दै आउनु भएको छ । व्यवसायी रविले ‘अटो पसल’बाट मासिक करिब ५ लाखको कारोबार गर्दै आएको बताउनु भएको छ ।
जय श्री इम्पेक्स नामबाट दर्ता रहेको अटो पसलमा सबै उमेर समुहका,लेडिज तथा जेन्ट्स कपडाका साथै तन्ना,झुल सिरानिको खोल जस्ता कपडाहरु बेच्दै आएको रवि बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,” घरमा बसेर के हुन्छ यसरी व्यवसाय गर्दा केही आम्दानी त हुन्छ।”
जय श्री इम्पेक्स का साहु रविले एक जना अटो चालकलाई रोजगारी दिनुभएको छ। भने उहाँले यही स्थानीय होलसेल पसलबाट सामान खरिद गरी स्थानीयको घर घरमा पुगेर सामान बिक्री गर्दै आउनु भएको छ ।
रविको ‘अटो पसल’मा करिब 3 देखि ४ लाख सम्मको सामान छ । रबीलाई नेत्र पाटीले यस्तो व्यवसाय शुरू गर्ने कसरी योजना बनाउनु भयो ? भनेर प्रश्न सोध्दा, उहाँले भन्नुभयो ” नेपालगन्ज बजार वरिपरि त छदै छ तर पर परका गाउँका मान्छे आउन जान झन्झटिलो तथा खर्चिलो हुने भएकाले उहाँहरूकै घर आँगनमा पुगी सामान बिक्री गर्दा सुपथ मूल्यमा कम झन्झटिलो हुने भएकाले यस्तो आइडिया लगाएको उहाँले बताउनुभयो ।

नेत्र पाटी । १९ बैशाख २०८२, शुक्रबार ०४:२०