बाँके। बाँकेका प्रहरी प्रमुख उपरीक्षक रामप्रसाद घर्तिमगरले वर्तमान र विधमान परिस्थितिको मुल्यांकन गर्दै पदमा दत्तचित्त रहने कुरा व्यक्त गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा आज गरिएको पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा उहाँले सुचना मैत्री हुन कोसिस गर्ने भन्दै आफ्नो कार्यालायबाट सजिलै सुचना सम्प्रेषण गर्न त्यहाँका प्रहरी नायव उपरीक्षकलाई प्रवक्ता तोकिएको बताउनुभयो । पत्रकारले मागेका सुचनालाई यथासिघ्र रुपमा सम्प्रेषण गर्न उहाँलाई आग्रह गर्नुभएको छ ।
एसपी घर्तिमगरले आफुमाथी आएको सुझावको मनन गर्दै शान्ति सुरक्षा तथा अमन चयन कायम गर्ने दण्डहीनताको अन्त्य गर्ने, मानव अधिकार संरक्षण संवर्धन गर्ने र संचारकर्मीहरुको सुरक्षा गर्नमा दत्तचित्त भएर लाग्ने बिश्वास दिलाउनुभयो।
शान्ति सुरक्षा कायम गर्न भन्सार नाकमा निगरानी बढाएको र आवश्यक अनुसार परिचयपत्र हेरेर काहाँको नागरिक हो भनि चेकजाँच गर्ने गरिएको पनि उहाँले बताउनु भयो ।
अपराध र अनुसन्धानसंग सम्मिलित कुराहरुमा जिल्ला प्रहरी कार्यालयले दिन हुने सुचनाको कन्जुस्याइँ नगर्ने उहाँको भनाइ छ ।

नेत्र पाटी । २९ बैशाख २०८२, सोमबार १२:००