चलचित्र पत्रकार संघ बाँकेद्वारा गिरी र सुबेदी सम्मानित

बाँके । चलचित्र पत्रकार संघ नेपाल बाँकेले २६ औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा आईतबार नेपालगन्जमा मोफसलमा रही पत्रकारिता र कर्म गरिरहेका २ जनालाई सम्मान गरेको छ । अवसरमा पत्रकार सावित्री गिरी र निर्देशक तथा डान्सर नवराज सुवेदीलाई उक्त सम्मान गरेको हो ।

गिरी लामो समयदेखि मोफसल पत्रकारितामा क्रियाशील हुनुहुन्छ भने गिरी गोरखापत्र संस्थानमा आबद्ध हुनुहुन्छ । गिरी क्रियाशील पत्रकार महिला बाँकेकी अध्यक्ष हुनुहुन्छ । त्यस्तै, बाँकेमा रहेर दर्जनौ सफल म्यूजिक भिडियो दिन सफल हुनुहुन्छ सुबेदी ।

कार्यक्रममा रहेका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्ररिषि चौलागाईले नेपाली चलचित्रप्रति आफ्नो लगाव रहेको बताउनु भयो । उहाँले चलचित्र हेर्नकै लागि गरेको संघर्षलाई स्मरण गर्नुभयो ।उहाँले भन्नुभयो”सिनेकर्मी पत्रकार सिनेमा हल र दर्शक एक अर्काको परिपूरक हो ।”

साथै सोही अवसरमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरिले अहिले नेपाली चलचित्रले राम्रो व्यापार गरिरहेको बताउनु भयो । उहाँले नेपालगन्जमा बनेका सुविधा सम्पन्न हल निर्माण हुनु गौरवको विषय रहेको बताउनु भयो ।

चलचित्र पत्रकार संघ नेपाल बाँकेका अध्यक्षले बाँकेमा बसेर मोफसलका समाचार प्रसारण गर्नुहुने सम्पूर्ण पत्रकारलाई धन्यवाद व्यक्त गर्नु भएको छ । सम्पन्न कार्यक्रममा अग्रजहरुबाट पाएको सुझावलाई आत्मसाथ गर्दै थप चलायमान गराउने जिकिर गर्नु भयो ।

तपाईको प्रतिक्रिया