बाँके । जेठ ९ देखि रिलिज भएको चलचित्र ‘नरसिंहा अवतार’ टीम भोलि बुधबार नेपालगन्ज आउने भएको छ । मोफसलको प्रचारप्रसारमा थप टेवा पुगाउने हेतुले चलचित्र निर्माण युनिट नेपालगन्ज आउने भएको हो ।
चलचित्रका नायक तथा महानायक राजेश हमालले फेसबुक पेज मार्फत चलचित्र युनिट भोलि धनगढी हुँदै नेपालगन्ज आउने जानकारी गराउनुभएको छ । उहाँ लगायत चलचित्र युनिट नेपालगन्जको दुई सिनेमाघर सिनेरोयल र क्युएफएक्स बागेश्वरी सिनेमाजमामा दर्शकसँग साक्षात्कार गर्नेछन् । साथै चलचित्रसँग सम्बन्धित रहेर पत्रकारसँग अन्तर्क्रिया गर्नेछ । टिमले बुधबार दिउँसो २ बजेपछि मात्र सिनेमाघरमा साक्षात्कार गर्नेछ ।
चलचित्र नरसिंहा अवतार युनिटमध्य महानायक हमालसँगै अभिनेत्री सनिशा भट्टराई, अभिनेता राज कटवाल, प्रकाश कुवर, निर्माता नरेन्द्र महर्जन र वितरक छविराज ओझाको उपस्थिति रहने चलचित्र मिडिया सल्लाहकार श्रीधर पौडेलले जानकारी गराउनु भएको छ ।

नेत्र पाटी । १३ जेष्ठ २०८२, मंगलवार १२:३३