बाँके । नेपाली सिने जगतका महानायक राजेश हमालले पश्चिम नेपाली चलचित्रको नौलो नरहेको बताउनु भएको छ ।
बिहीबार नेपालगन्जमा चलचित्र ‘नरसिंहा अवतार’को युनिट सँग गरिएको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका नायक तथा महानायक हमालले फिल्मी जगतमा आफ्नो अनुभवमा शुरुवात देखिनै पश्चिम क्षेत्र नेपाली चलचित्रलाई अत्यधिक रूचाउँदै आउनुभएको क्षेत्र रहेको बताउनु भयो । उहाँको अनुसार समयअनुसार दर्शकको स्वाद चेन्ज भएकाले राम्रोसँग प्रस्तुत गरिएको र राम्रो कथावस्तुमा आधारित चलचित्र भए दर्शक चलचित्र भवनसम्म पुगी चलचित्र हेर्न उत्साहित रहने बताउनु भयो ।
उहाँले भन्नुभयो ” पश्चिम क्षेत्र सँगै पूर्वतिर पनि चलचित्र ‘नरसिंहा अवतार’ चलचित्र प्रति दर्शकको एकदमै सकारात्मक प्रतिक्रिया रहेको छ।”उहाँले चलचित्र ‘नरसिंहा अवतार’ लाई दिएको दर्शकको सकारात्मक प्रतिक्रिया प्रति खुसी व्यक्त गर्नु भयो ।
त्यस्तै चलचित्रका नवनायक राज कटुवालले हलहरुमा देखिएको दर्शकको उच्च उपस्थितिले आफूलाई खुसी तथा रमाइलो फिल गरेको बताउनुभयो । “भोलिका दिनहरूमा थप उर्जा दिने एक आधार बनेको छ।” उहाँले भन्नुभयो ।
सम्मेलनमा उपस्थिति रहनु भएका चलचित्र ‘नरसिंहा अवतार’ का मिडिया एडभाइजर श्रीधर पौडेलले महानायक सँग यसरी जोडिएर काम गर्न पाउँदा आफूलाई विश्वविद्यालयसँग हिँडेको जस्तो अनुभव व्यक्त गर्नुभयो । उहाँले नेपालगन्ज नेपाली चलचित्रको लागि उर्वर ठाउँ रहेको बताउनु भयो । “नेपालगन्जमा झण्डै नेपालमै नरहेको प्रविधि युक्त ठूला हलको सञ्चालनले नेपाली सिनेक्षेत्रको बजारलाई थप टेवा पुगेको छ ।” पौडेलले भन्नुभयो ।
पौडेलले चलचित्र पत्रकार संघ नेपाल बाँके एकदमै सक्रिय संघको रूपमा स्थापित रहेको बताउनु भयो । उहाँले बाँकेका अध्यक्ष रामचन्द्र पौडेल लगायतका समस्त टिमले चलचित्र प्रचार-प्रसारमा कुनै कन्जुस्याइँ नगरेको बताउनु भयो ।
चलचित्र ‘नरसिंहा अवतार’ युनिट मोफसलको प्रचारमा देशको विभिन्न सहरमा दौडिरहेको छ । चलचित्र जेठ ९ गतेदेखि प्रदर्शनमा आएको थियो ।

नेत्र पाटी । १६ जेष्ठ २०८२, शुक्रबार ०६:०४