बाँके। बातावरणीय स्वच्छता कायम राख्नका लागि सरोकारवालाहरुको भूमिका बिषयक विशेष रेडियो संवाद कार्यक्रम बिहीबार नेपालगन्जमा सम्पन्न भएको छ । विश्व वातावरण दिवस २०२५ को अवसरमा रेडियो कृष्णसार एफ ९४ मेगाहर्जमा गरीएको प्रत्यक्ष लाइभ विशेष संवादमा सहभागीहरुले वातावरणीय स्वच्छना कायम गर्नका लागी बनेका नीतिगत कानुनहरुको व्यवहारीक पाटो प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । विश्व वाताववरण दिवसको नारा “ हाम्रो वातावरण ,हाम्रो उत्तरदायीत्व ,पलाष्टिक सृजित प्रदुषणको अन्त्य गरी पृथ्वीलाई जोगाऔ” । भन्ने रहेको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाको सहकार्य, एक्सन डेउट्स्च्ल्याण्ड हिलको आर्थिक योगदान, ए डव्ल्यु ओ इन्टरनेशनलको सहयोग, वी गु्रपको आयोजना र कृष्णसार एफएमको समन्वयमा विशेष रेडियो संवाद आयोजना गरिएको हो । कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले खुला दिशामुक्त अभियान जस्तै पलाष्टिक प्रयोग मुक्त अभियान संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले वातावरणीय प्रदुषण अहिलेको प्रमुख सवाल रहेको बताउँदै यसका लागि साझा पहल हुन आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा बाँकेको राप्तिसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले वातावरणीय समस्या समाधानका लागि स्थानीय सरकार ,समुदाय र विभिन्न संघसंस्थाहरु बीच समन्वय र सहकार्य गरेर वातावरणीय सुधार गर्ने प्रयासमा रहेको बताउनुभयो । उहाँले राप्ति नदीको दोहोल ,वन विनाश तथा सचेतनाका लागि योजनागत रुपमा लागि परेको बताउनुभयो । भेरी बातावरणीय विशिष्ठता समूह बि गु्रपका परियोजना संयोजक भुवन कार्कीले हामीले वातावरणलाई जोगाउन र स्वच्छता कायम गर्न सकेनौ भने भोली मानव अस्तित्व नरहन सक्छ भन्नुभयो ।
उहाँले वातावरण संग सम्बन्धित सवालमा समन्वयात्मक रुपमा काम गरीरहेको बताउनुभयो । यस्तै स्वच्छ नेपाल हाम्रो अभियान कार्यक्रमका कार्यक्रम संयोजक ओम शान्ती थापाले फोहोर व्यवस्थापनका लागि ठोस कार्ययोजना बनाउन आवश्यक रहेको बताउनुभयो । साथै उहाँले वातावरणीय स्वच्छताको सवाललाई गम्भिरताका साथ लिन आवश्यक रहेको बताउदै यसका लागि उपयुक्त कार्यक्रम निर्माण गर्न सुझाव समेत दिनुभयो ।
वातावरणीय स्वच्छताका लागि सरोकारवालाहरुको भूमिका बिषयक विषेश रेडियो संवाद कार्यक्रम सञ्चालन कृष्णसारकर्मी साबित्री गिरीले गर्नुभएको थियो ।
साथै कार्यक्रममा उपस्थित सरोकारवाला ब्यक्तिहरुले आगामी दिनमा वातावरणीय सवालमा अझै प्रतिबद्ध भएर लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । यो कार्यक्रम कृष्णसार एफएम ९४ मेगाहर्ज, यसको फेसवुक पेजमा प्रत्यक्ष सुन्न र हेर्न सकिन्छ ।
आज बिहीबार विशेष संवाद विहान ७ बजेर २० मिनेट देखी एक घण्टा सम्म रेडियो कृष्णसार एफ ९४ मेगाहर्ज र फेसबुक पेजमा प्रत्यक्ष प्रसारण भएको थियो ।

नेत्र पाटी । २२ जेष्ठ २०८२, बिहीबार ०४:५३