बाँके ।बाँकेको नेपालगन्जस्थित कारकाँदोमा फरक टेस्ट लिएर ‘स्टार क्याफे एण्ड रेष्टुरेन्ट’ शुक्रबारदेखि अफिसियल रूपमा संचालन भएको छ । उक्त रेस्टुरेन्टले बाँकेमै पहिलो पटक दाङको बदिया कुखुराको विभिन्न डिसलाई मुख्य आकर्षण बनाएको छ ।
फरक स्वाद दिने उद्धेश्यले बदिया कुखुराको विभिन्न परिकारलाई मुख्य आकर्षण बनाएको स्टार क्याफे एण्ड रेस्टुरेन्टका सञ्चालक महेश आचार्यले बताउनुभयो ।
रेष्टुरेन्टमा रेगुलर स्न्याक्सका साथै बदिया कुखुराको विभिन्न परिकारमध्ये छोइला, फ्राई सादेको,रोस्ट साथै करी जस्ता परिकारहरु उपलब्ध छन् । त्यस्तै, ग्राहकले ‘स्टार क्याफे एण्ड रेष्टुरेन्ट’मा स्पेसल डीसमध्य चिकन चीज भस्ट,चिकन पपकर्न, मटन हेकूला डामेको र चिकन टिमुर लगायत विभिन्न परिकारको स्वाद लिन पाउनेछन् ।
साथै पारिवारिक वातावरणमा स्वस्थकर थकाली खाना सेट सुपथ मूल्यमा सर्भ गर्ने सञ्चालक आचार्य बताउँनु हुन्छ । उहाँले भन्नुभयो-“ग्राहक हाम्रा भगवान हुन, ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखी फुड परिकार पस्किनेछौं । “उहाँले थप्नुभयो-परिवारसँग आउने ग्राहकको लागि भने छुट्टै क्याबिन तथा नन् स्मोकिङ जोन छुट्याइएको छ।

त्यस्तै, घर तथा अफिसमा खाना तथा खाजा डेलिभरीको सुविधा समेत रहेको सञ्चालक आचार्यले जानकारी दिनुभयो । त्यस्तै, ‘स्टार क्याफे एण्ड रेष्टुरेन्ट’ ले कफि पारखीको लागि पनि खुल्ला रमणीय वातावरणमा बसेर पिउन सकिने जनाएको छ ।
करिब सवा १ करोडको लगानीमा सञ्चालनमा ल्याइएको उक्त ‘स्टार क्याफे एण्ड रेष्टुरेन्ट’ होटल स्टार लाइटको छेउमा अवस्थित छ । रेष्टुरेन्टमा प्रत्यक्ष रूपमा ११ जना युवाले रोजगार पाएका छन् ।

‘स्टार क्याफे एण्ड रेष्टुरेन्ट’ले आजको १ हप्तासम्म फुड एण्ड बिभ्रेज आईटममा १० प्रतिशत छुटको व्यवस्था गरेको छ । रेष्टुरन्टले बर्थडे तथा अन्य कार्यक्रमको लागि छुट्टै ठूलो हलको समेत व्यवस्था गरेको जनाएको छ ।
साथै, आज शुक्रबार रेस्टुरेन्टको अफिसियल शुभारम्भको अवसर पारेर स्थानीय ब्यान्डको लाइभ ओपन शो प्रस्तुती रहने रेस्टुरेन्ट सञ्चालकले जानकारी दिनुभयो ।
यसका साथै रेष्टुरेन्टमा आउने आगन्तुकहरुको लागि झन्झट नहुने गरी पार्किंग व्यवस्था मिलाएको सञ्चालक बताउँछन् ।

नेत्र पाटी । २३ जेष्ठ २०८२, शुक्रबार ११:२२