बाँके । लामो समयदेखि निर्देशन गर्दै आएका निर्देशक तथा कलाकार नवराज सुवेदीको आफ्नै अभिनय रहेको ‘मायामा भुल’ गीतको पोष्टर सार्वजनिक भएको छ । उक्त गीतमा गायक शिव जीएम र गायिका मेलिना राईको स्वर रहेको छ ।
निर्देशक तथा गीतका कलाकार नवराज सुवेदीका अनुसार गीतको छायांकन बाँकेको सैनिकमा गरिएको छ । गीतमा लामो समयदेखि पश्चिम क्षेत्रमा निर्देशन गर्दै आएका निर्देशक सुवेदी,गायक शिव जि.एमका साथ मोडलमा एलिसा बोहरा र दुर्गा रानामगरको अभिनय देख्न सकिन्छ ।
यस्तै यस गीतको म्यूजिक भिडियो निर्देशन सुवेदी स्वयमले गर्नुभएको छ । भिडियोको छायांकन रामु चौधरीले गर्नुभएको छ । यस्तै गीतमा शब्द संगीत दीपक घर्तीमगरको रहेको छ भने एरेन्ज केशव बडुको रहेको छ ।
मायामा भुल बोलको गीत समय सान्दर्भिक प्रेम कथामा रहेर निर्माण गरिएको कौडा गीतका निर्देशक तथा मोडल सुवेदीले जानकारी गराउनु भयो । उहाँले यो गीत सँगै ९९ गीतमा निर्देशन गरिसक्नुभएको छ ।

नेत्र पाटी । २६ जेष्ठ २०८२, सोमबार १०:५६