बाँके । चर्चित गायक शिव परियारले जनताले फेसबुकमा विरोध जनाएर देशमा कुनै चेन्ज नआउने बताउनु भएको छ । उहाँले जनता चेतनशील र जाँगरिला बन्न नसक्दा देश यो हालतमा पुगेको बताउनु भएको हो ।
जनताले फेसबुकमा बिरोध गरेर, फेसबुके क्रान्ति फेसबुके बिरोध र फेसबुके नितिले देशमा कमिसन तन्त्रको अन्त्य , शुशासन , भ्रष्टचार नियन्त्रण नहुने उहाँको ठमम्याई छ ।
उहाँ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्नुहुन्छ,- “अनि जनताले फेसबुकमा बिरोध गरेर, फेसबुके क्रान्ति फेसबुके बिरोध र फेसबुके नितिले देशमा कमिसन तन्त्रको अन्त्य , शुशासन , भ्रष्टचार नियन्त्रण हुन्छ त ??? संसार भरिमा हामी नेपाली जनता असाध्यै परपिडक , लालचि, स्वार्थि र अल्छि जनता हौं | हामी चेतनशिल र जाँगरिला बन्न नसकेको कारण नै देश आज यो गतिमा पुगेको हो|”

नेत्र पाटी । ३१ जेष्ठ २०८२, शनिबार १६:००