बाँके । एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बण्डल सहज खाता योजना अन्तर्गत रहेको घातक रोगको उपचारबापत १० लाख रकम खातावालालाई चेक हस्तान्तरण गरेको छ ।
बाँकेको खजुरा व्रञ्चमा सर्वश्रेष्ठ बण्डल सहज खाता खोलेकी खजुरा ४ की पम्फा तिवारीलाई उक्त बीमा रकमको चेक हस्तान्तरण गरिएको हो । पम्फा क्यान्सर पीडित हुन ।
आईतबार क्यान्सर पीडित तिवारीलाई बीमा रकमको चेक लुम्बिनी प्रदेश क्षेत्र न. ५ का प्रमुख मनोहर ठगुराठीले हस्तानतरण गर्नु भएको छ ।
खातावालाको बचतसँगै बीमा सुविधा उपलब्ध गराउने हेतुले उक्त बीमा रकम आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सहकार्यमा भुक्तानी गरिएको ठगुराठीले जानकारी गराउनुभयो ।

नेत्र पाटी । ४ श्रावण २०८२, आईतवार १०:२७