खजुरामा यसपाली पनि वृहत तीज महोत्सव हुने

खजुरा। बाँकेको खजुरामा वृहत तीज महोत्सव हुने भएको छ । हरितालिका तीजको अवसर पारी हरेक वर्ष हुने तीज महोत्सवलाई निरन्तरता दिँदै यस पटक पनि ‘एकल तीज नृत्य प्रतियोगिता’ सहितको कार्यक्रम हुने भएको हो ।

न्यू डाँफे स्पोट्र्स क्लब खजुराको मुख्य आयोजनामा तीजको दिन भाद्र १० गते महोत्सव गर्ने गरी आईतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । तीज महोत्सव मूल आयोजक समितिका संयोजक कसम मगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जिल्लामै एकल तीज नृत्य प्रतियोगिता गर्ने मध्य धेरै धनराशि प्रदान गर्नेगरी तीजको दिनमा महोत्सव आयोजना हुने न्यू डाँफे स्पोट्र्स क्लबका अध्यक्ष तिलकविर सुनारले जानकारी दिनुभयो।

प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, दोश्रो हुनेले ३० हजार, तेस्रो हुनेले १५ हजार र सान्त्वना हुनेले ५१ सय सहित ट्रफि मेडल प्रमाणपत्र प्रदान गर्ने न्यू डाँफे स्पोट्र्स क्लबका सचिव बालाराम खत्रीले गराउनु भएको छ।

प्रतियोगिताको लागि आवश्यक सबै पुरस्कार खजुराका समाजसेवी लिल बहादुर थापाले सौजन्य गर्ने निश्चित भएको महोत्सवका सहजकर्ता तथा क्लबका प्रेस सल्लाहकार खगेन्द्र दाहालले जानकारी दिनुभयो ।समाजसेवी थापा हाल अमेरिकामा रहेर नेपालमा सामाजिक कार्यमा सहयोग गर्दै आउनुभएको छ ।

स्थानीय लोक संस्कृतिको जगेर्ना गर्न र स्थानीय कलाकारहरुको प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य भएको सहजकर्ता दाहालले बताउनु भयो । उहाँले महोत्सवमा खजुरा क्षेत्रमा सामाजिक क्षेत्रमा योगदान गरेका अग्रज खजुरेली समाजसेवीहरुलाई सम्मान गरिने जानकारी दिनुभयो।

महोत्सवमा सहभागीहरुको संख्या धेरै आएका कारण अडिसनबाट छानीएका कलाकारको प्रस्तुती मात्र महोत्सवमा सहभागी गराइने महोत्सव आयोजक समितिकी संयोजक मगरले बताउनुभयो । अडिसन भाद्र ६ गते गर्नेगरि प्रतियोगिहरुको फारम भर्ने कार्य सुरु गरिएको संयोजक मगरले बताउनु भयो । तीज महोत्सवमा विभिन्न विद्यालय, क्लबहरुको सामूहिक नृत्य प्रस्तुति रहने संयोजक मगरले भन्नुभयो ।

तपाईको प्रतिक्रिया