नेपालगन्जमा गोली प्रहार गरी लागुऔषध कारोबार गर्ने चार जना पक्राउ

नेपालगन्ज ।

नेपालगन्ज ४ बसपार्कमा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबार गर्ने चार जनालाई पक्राउ गरेको छ । प्रहरीले नियन्त्रण गर्ने क्रममा उनीहरुले चक्कु र सिसाको बोतलद्वारा आक्रमण भएपछि आत्मरक्षाको लागि गोली चलाएको हो। प्रहरीले उक्त अपरेसनबाट करिब २६५ ग्राम खैरो हिरोइन बरामद गरेको छ ।

लागु औषधको कारोबार भइरहेको विशेष सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट गएको टोलीले लागू औषध कारोबार गर्दैगर्दा पक्राउ गर्न सफल भएको हो । पक्राउ गर्ने क्रममा असई नवीन शाही घाइते भएका छन् ।

प्रहरीले चलाएको गोली लागेर घाइते भएका इंडिया रूपडीयाका २० वर्षीय लागुऔषध कारोबार गर्ने कार्तिक कुमारलाई उपचारको लागि नेपालगन्जको संजिवनी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा लागुऔषध कारोबारी नेपालगन्ज ५ का २२ वर्षीय अमन साह, नेपालगन्ज २२ कै २६ वर्षीय भाइजान अन्सारी , भारतको रुपइडिहाका कार्तिक र सोही स्थानका २० वर्षीय अजयकुमार छन् ।

प्रहरीले बरामद गरिएको खैरो हेरोइन र र पक्राउ परेकालाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

तपाईको प्रतिक्रिया