बाँकेका पालिकामा विज्ञापन प्रकाशन प्रकृयामा अस्वस्थ हिनामिना

नेपालगन्ज । बाँकेका आठ स्थानीय तहमध्ये केही पालिकामा पत्रिकामा प्रकाशन गरिने टेण्डरका सूचना तथा विज्ञापन प्रक्रियामा अस्वस्थ आर्थिक हिनामिना गरिएको पाईएको छ ।
स्थानीय सरकारका जनप्रतिनिधिले आफ्नो पालिकाको पारदर्शिता र खर्च प्रणालीमा चासो नदिँदा पत्रिकामा अनिवार्य रुपमा प्रकाशन गरिने सूचना र विज्ञापनमा आर्थिक अनियमितता भएको पाइएको हो । बुझ्दा साधारण देखिने तर पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने अवस्थामा विज्ञापन प्रकाशन जस्तो सामान्य तर महत्वपूर्ण क्षेत्रमा समेत आर्थिक अनियमितता भएको पाइएको छ । जसले गर्दा स्थानीय तहमा खर्चसमेत बढाएको छ ।

जिल्लाका अधिकांश स्थानीय तहले पत्रिकामा सूचना तथा विज्ञापन प्रकाशनको लागि ठेक्का आह्वान गरेका छन्, भने केहीले खोलिएको ठेक्का पनि रद्द गरी पुनः पुरानै शैली दोहो¥याएका छन् । बिज्ञापन एजेन्सी र पत्रिकासगँको मिलेमतोमा स्थानीय तहका कर्मचारीले कमिशनको चक्करमा पालिकाको बर्षिक लाखौ रकम खती गराउँदै आएका छन् ।

बैजनाथ गाउँपालिकाले गत आर्थिक बर्ष २०८१÷०८२ मा पत्रिकामा सुचना तथा प्रकाशन गरेबापत विज्ञापन बोर्डको सार्वजानिक नियमअनुसार मिनिमम बिल भुक्तानी गरेको देखिएको छ । गाउँपालिकाका लेखा अधिकृत पुर्णप्रसाद जैसीका अनुसार चालु आर्थिक बर्षदेखी गाउँपालिकाले पत्रिकामा सूचना तथा बिज्ञापन प्रकाशन पुनःटेण्डर प्रकृयाबाट गर्न थालिएको छ । उहाँ भन्नुहुन्छ,‘टेण्डर प्रकृयाबाट सूचना तथा बिज्ञापन प्रकाशन गर्दा गत आर्थिक बर्षको भन्दा तुलनात्मकरुपमा कम रकम खर्च हुन्छ ।’,‘पालिकाको सूचनामा होडबाजी,अनावश्यक खर्च,बिज्ञापन बितरणमा सिण्डिगेट,कमिशनको आरोप इत्यादी कारणले टेण्डर प्रणालीमा गएका हौँ ।’उहाँले थप्नुभयो ।

बाँकेकै खजुरा गाउँपालिमा भने आर्थिक बर्ष २०८०÷०८१ मा छापा मिडियामा सुचना प्रकाशन गर्न टेण्डर प्रकृया अपनाउदा पनि गरिएको ठेक्का रद्द गर्दै जनताले तिरेको रकम हिनामिनामा लागि परेको देखिएको छ । गाउँपालिकाका तत्कालिन प्रशासकिय अधिकृत अर्जुन सुवेदीको बेला प्रिन्ट मिडियामा सूचना प्रकाशन गर्न खोलिएको टेण्डरसमेत रद्द गरी पुरानै शैलीमा कर्मचारीले आफन्त, चिनजानको एजेन्सीसगँ मिलेर रकम हिनामिना गर्दै आएका छन् । पालिकाका कर्मचारी खर्च मितव्ययिता अपनाउनुको साटो पालिकालाई भार पर्नेगरी अनावश्यक खर्च बढाउदै आएका छन् । यो सबै प्रकृयामा गाउँपालिकाका लेखा अधिकृत र गाउँपालिकाका अध्यक्षको आसेपासेको अस्वस्थ भुमिका रहेको पालिकाका अन्य कर्मचारी बताउँछन् । उसोत स्थानिय पालिकालाई छापा मिडीयामा सूचना तथा बिज्ञापन प्रकाशन गर्न टेण्डर प्रणाली नै सस्तो र सुलभ मानिन्छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले गत आर्थिक देखीनै कार्यालयका टेण्डर सूचना तथा बिज्ञापन ठेक्का प्रणालीबाट जान चाहेपनि शाखाको कमजोरीले गर्दा ढिला भएको बताउनुभयो । उहाँले चालु आर्थिक बर्षदेखी भने सूचना तथा बिज्ञापन प्रकाशन प्रणालीलाई इ–बिडिङ्ग तरिकाले लैजान शाखालाई निर्देशन दिएको बताउनुभएको छ । उहाँले भन्नुभयो,‘यसअघिको मेडिसिन खरिद सूचना भएकाले यतिकै प्रकाशन गर्न बाध्य भएपनि अबभने कार्यालयका सम्पुर्ण शाखाका सूचना र बिज्ञापन ई–बिडिङ्ग गरेपछि मात्रै प्रकाशन गर्न निर्देशन दिएको छु ।’,‘पालिकामा आफु पदिय हिसावमा प्रशासकिय अधिकृतको रुपमा भएपनि स्थानिय तहमा सर्वमान्य नहुने रहेछ ।’उहाँले भन्नुभयो ।,रानाले पालिकाको आगामी ठेक्का सूचना र बिज्ञापन पारदर्शी तथा प्रतिस्प्रधात्मक हुने गरि टेण्डर आव्हान गरि लैजाने बताउनुभएको छ ।

बाँकेमा केही स्थानीय तहका प्रेस सल्लाहकारका दादागिरीले पालिकाको टेण्डरका सूचना आफ्नो नजिकको मान्छे, आफन्तलाई दिँदै आएको खुल्न आएको छ । यति नभएर प्रदेश सरकारका स्थानिय नेताको पहुँच लगाएर बिज्ञापनमा होडबाजी हुदै आएको एक अधिकारी बताउँछन् । उनीहरु आफ्ना मान्छेलाई बिज्ञापन दिने नत्र सरुवा गरिदिने भन्दै कर्मचारीलाई थर्काउनसमेत भ्याउने अधिकारी बताउँछन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समययता सरकारी बिज्ञापनमा ज्यादै बढि हिनामिना भएपछि यसको चाँसोसमेत दिन थालेको छ । अख्तियार दरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जका अनुसार बाँकेका स्थानीय तहका आर्थिक बर्ष २०८१÷०८२ मा मात्रै एक सय ६४ उजुरी दर्ता भएको छ । जसमध्ये कोहलपुर नगरपालिकाको सबैभन्दा बढी उजुरी रहेको कार्यालयका सुचना अधिकारी कुशल न्यौपानेले जानकारी दिनुभयो । यस्तै खजुरा गाउँपालिकासमेत सात वटा उजुरी परेका छन् । स्थानीय जनप्रतिनिधीको निगरानीमा रहने पालिकाभित्र गरिएका यस्ता हिनामिनाप्रति जनप्रतिनिधीको चासो नभएको हो या उनैको मिलेमतोमा हो, बिज्ञापनमा गरिने अस्वस्थ हिनामिना रोकिन सकेको छैन ।

तपाईको प्रतिक्रिया