नेपालगन्ज । प्रहरी जुवा खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी बाँकेको टोलीले नेपालगन्जको बसपार्क बाइपास स्थित रहेको मौरी रेस्टुरेन्टको तलासी गर्दा उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी बाँकेको दिएको जानकारी अनुसार उक्त खालबाट १३ लाख ६३ हजार आठ सय रुपैया बरामद गरेको छ ।
जिल्ला प्रहरी बाँकेको निर्देशनमा बुधबार राती करिब साढे ११ बजे उक्त रेस्टुरेन्टमा छापा मरेको थियो ।

प्रहरीले छापा मर्दा पक्राउ पर्नेमारेस्टुरेन्टम सञ्चालक विज्ञान श्रेष्ठसहित नेपालगन्जका गणेश बस्नेत, ऋषि गुप्ता, तरुण गौतम, विनोद खड्का, मो. सफिक बेहना, संगम शाह, मधुसुधन दाहाल, मेघराज गौतम, रमेश शाही, कोहलपुरका भागीरथ यादव, नन्दलाल यादव, सुमन केसी रहेका छन् ।
पक्राउ परेका सबैलाई कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी बाँकेको प्रवक्ता दीपक पतालीले जनाउनु भएको छ ।

नेत्र पाटी । २३ आश्विन २०८२, बिहीबार १४:१९