प्रमुख जिल्ला अधिकारी जोशीको समर्थनमा बाँकेबासीलगायत सामाजिक संस्थाहरु

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीप्रति सर्मथन जनाउदै जिल्लाका नागरिक,सरोकालवाला व्यक्ति लगायत बिभिन्न सामाजिक संस्थाहरुले गृह मन्त्रालयलाई ध्यानकार्षण गराएका छन् ।

बाँकेका सचेत नागरिक समाज,स्थानिय सरोकारवाला, नारी विकास केन्द्रलगायत आम बाँकेबासीको तर्फबाट बुझाइएको ध्यानकार्षण पत्रमा अधिकारी जोशीले अहिलेको प्रशासनिक कृयाकलाप,शान्ति सुरक्षा,कानुनी शासन,पारदर्शिता र सुशासन,धार्मिक सद्भाव,यौन व्यावसाय नियन्त्रण,जुवातास तथा लागुऔषध नियन्त्रण गर्न उल्लेखिय भुमिका रहेको भन्दै धन्यबाद ज्ञापन गरिएको छ । संयूक्तरुपमा बुझाइएको ज्ञापन पत्रमा झण्डै ५ सय भन्दा बढिको हस्ताक्षर रहेको छ ।


नारी विकास केन्द्रकी कार्यवाहक अध्यक्ष शिला शाहका अनुसार जिल्लााका शान्ति,सुरक्षा,सुशासन र नागरिक हितका क्षेत्रमा अधिकारी जोसीले देखाएको असाधारण नेतृत्व,जिम्मेवारीप्रतिको प्रतिवद्वता र जनसेवामा गरिएको समर्पण उल्लेखनिय रहेको बताउनुभएको छ ।,“हालै उहाँको कार्यकालपछि जिल्लामा अपराध नियन्त्रण,सामाजिक सदभावलगायत सरकारी सेवामा थप सुधार आएको”शाहले पत्रमार्फत बताउनुभएको छ ।यस्तै,बाँकेका सचेत नगारिक समाज,स्थानीय सरोकारवाला तथा स्थानीय नागरिकद्वारा तयार पारिएको पत्रमा गृहमन्त्रालयलाई बाँकेका प्रमुख जिल्ला अधिकारी जोसीलाइ सरुवा नगर्न सयूंक्त अनुरोध गरेका छन् । पत्रमा प्रमुख जिल्ला अधिकारी जोसीको प्रशासनिक ईमान्दारिता,निष्पक्ष र कार्यकुशल भुमिकाको प्रशंसा गरिएको छ ।


प्रमुख जिल्ला अधिकारी जोसीको नेतृत्वमा प्रशासनले नागरिक हितका पक्षमा निर्णय लिनुभएको बाँकेबासीको अनुभव छ । साथै बिभिन्न समुहका नाममा प्रमुख जिल्ला अधिकारी जोसीलाई धम्क्याउने,उहाँमाथि लगाइएको लाल्छनाले जिल्ला अधिकारीको मनोवल घटाउने जस्ता कार्यले समस्त बाँकेबासी असुरक्षित रहेको बाँकेबासीको भनाई छ ।बाँकेजस्तो विविध समुदाय र धर्मसंघर्षमा सम्भावित जोखिम भएका जिल्लामा उहाँले सन्तुलित र पारदर्शी ढंगले प्रशासनिक निर्णय लिदै आउनु भएको पत्रमा व्यहोरा दिइएको छ ।

संयूक्त ज्ञापनपत्र बुझ्दै जोसीले आफुलाई भएको चौतर्फी बिरोधको बेला यसरी प्रशासनलाई,कर्मचारीहरुलाईलगायत राष्ट्रसेवकहरुलाई प्रोत्साहन तथा मनोवल बढाउन आउनुभएको सम्पुर्ण सरोकालवालाप्रति आभार प्रकट गर्नभयो । अधिकारी जोसीले इमान्दार भएर काम गरिरहदा सदरमुकाममा बस्ने दश बिस जनाले नदेखेपनि गाउँसम्म बसेका बाँकेबासीले देखेको अनुभुती गर्नुभयो । जोसी प्रमुख जिल्ला अधिकारी बाँकेमा आएको सात महिना भएको छ ।

अधिकारी जोसीले बाँके सिडिओको रुपमा जिम्मेवार सम्हालेपश्चात १० बर्षसम्म अन्यौलतामा रहेको नैबस्ता औधोगिक क्षेत्रको काम सुचारु,४–५ बर्षदेखी अबरुद्व रहेको कोहलपुरदेखी सुर्खेतसम्मको १३२ केभि बिद्युत प्रसारण काम मशिंर महिनासम्म सम्पन्न गरिने,भन्सार कडाइपश्चात राजश्वमा ह्वात्तै बृद्वि,अवैध रुपमा आयात हुने कुखुरा,चल्ला र अण्डा नियन्त्रण,जुवातास नियन्त्रणलगायत धेरै कार्य गरेको बताउनुभयो । बाँके सिडिओ रुपमा जिम्मेवारी सम्हालेपछि आफुले सक्नेजति काम गरेको जिकिर छ ।

 

तपाईको प्रतिक्रिया