राष्ट्रिय युवा संघ नेपाल कोहलपुर मा अध्यक्ष शाही निर्वाचित

काेहलपुर : राष्ट्रिय युवा संघ नेपाल कोहलपुर नगर कमिटीको अध्यक्षमा मानस शाही निर्वाचित भएका छन् ।

बिहीवार सम्पन्न राष्ट्रिय युवा संघ नेपाल कोहलपुर नगर कमिटीको तेस्रो अधिबेशनबाट अध्यक्षमा शाही सहित ४१ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।

निर्वाचित हुनेमा राष्ट्रिय युवा संघ नेपाल कोहलपुर नगर कमिटीको उपाध्यक्षमा दिपक खड्का, सचिवमा गिता खड्का, सहसचिवमा क्रमशः सरोज खासु मगर र बिष्णु जैसी र कोषाध्यक्षमा हिमाल लम्साल निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया