नेपालगन्ज । पश्चिम नेपालको व्यापारिक केन्द्र नेपालगन्जको धम्बोझी चोकस्थित अत्याधुनिक सुविधासहितको ‘होटल कान्तिपुर प्लाजा’ शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
विगत लामो समयदेखि व्यावसायिक यात्रामा अनुभव बटुलेका युवा दाजुभाइ ऋषि कँडेल र प्रकाश कँडेलको संयुक्त पहलमा करिब १५ करोड लगानीमा उक्त होटल संचालनमा ल्याइएको हो । होटलको उद्दघाटन सञ्चालकका बुवा चन्द्रमणि कँडेलले रिबन काटेर गर्नु भएको थियो ।
नेपालगञ्जको सेन्टर पोइन्ट धम्बोझी चोक र सेतुबिक चोकस्थित विगत लामो समयदेखि कान्तिपुर इलेक्ट्रोनिक्स र प्लाजा सञ्चालन गरिँदै आएको छ । अहिले फरक प्रकृतिका व्यवसायलाई थप गर्दै दुई तारे मापदण्डका अनुसार होटल कान्तिपुर प्लाजाको सञ्चालनमा ल्याइएको सञ्चालक प्रकाश कँडेलको भनाइ छ । उहाँले भन्नुभयो” पश्चिम नेपालका आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गरी सुविधा सम्पन्न होटल संलचामा ल्याएका हौं ।”
होटलमा कुल २७ वटा सुविधा सम्पन्न कोठा छन् । जसमा २ वटा स्वीट रूम पनि समावेश गरिएको छ । सम्पूर्ण कोठामा चौबिसै घण्टा तातोपानी तथा अन्य आवश्यक सुविधा उपलब्ध छन् ।साथै, होटलमा आउने आगन्तुकहरुका लागि ७-८ जना सम्मको क्षमतायुक्त लिफ्ट जडान गरिएको छ ।
सञ्चालक कँडेलका अनुसार डिजिटल सेवालाई मध्यनजर गरेर होटलमा इसेवा मार्फत रूम बुक गर्न सकिने छ । होटलभित्र ६० जना क्षमताको सभा हल, ५० जना अट्ने रेष्टुरेन्ट तथा ३० सिट क्षमताको कफी क्याफे सञ्चालनमा रहेका छन्। सवारी साधनको सुरक्षाका लागि अन्डरग्राउन्ड पार्किङको समेत व्यवस्था गरिएको छ।
होटलमा सुरुवाती फेसमा ३० जना कर्मचारीको रोजगारी छ । त्यसैले होटलले स्थानीय रोजगारी सृजना गर्नुकोसाथै स्थानीय तथा बाह्य पर्यटन प्रबद्र्धनमा थप टेवा पुर्याउन सक्ने अपेक्षा गरिएको छ ।

नेत्र पाटी । ६ चैत्र २०८२, शुक्रबार ०८:०२