नेपालगन्जमा रहस्यमय घटना: नर्सिङ होम पछाडि महिलाको जलेको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका १२ स्थित नर्सिङ होम पछाडि एक महिलाको जलेको अवस्थामा बेवारिसे शव फेला परेको छ। उक्त घटना गएराति करिब मध्यराति १२ बजे तिर भएको हुन सक्ने आशंका गरिएको छ।

स्थानीय सामाजिक सञ्जालमा भने ५–७ जना अज्ञात समूहले उक्त घटना गराएको दाबी गरिएको छ । यस्तै ती महिला कोहुन भन्ने अहिले सम्म आधिकारिक पुष्टि भने भइसकेको छैन ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा महिला जलेर मृत्यु भएको देखिए पनि उनलाई कसले र किन जलायो भन्ने विषय अझै खुल्न सकेको छैन। घटनाको प्रकृति शंकास्पद देखिएकाले अनुसन्धानलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।

शवलाई पोस्टमार्टमका लागि पठाइएको छ भने मृतकको पहिचान खुलाउने प्रयास जारी रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया