नेपालगन्ज । सरकारले अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगहरू बन्द गर्ने निर्णय गरेको छ। यसै निर्णयअनुसार लुम्बिनी प्रदेश भित्रका सबै अवैधरूपमा सञ्चालन गर्दै आएका क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिइएको छ।
गृह मन्त्रालयले मंगलबार प्रदेश सरकारलाई सम्बोधन गर्दै पत्रमार्फत उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो। मन्त्रालयका शाखा अधिकृत दीपक कुमार आचार्यको हस्ताक्षर रहेको पत्रमा लुम्बिनी प्रदेशअन्तर्गतका १२ वटै जिल्लामा सञ्चालनमा रहेका अवैध क्रसर उद्योग तुरुन्त बन्द गरिने व्यहोरा उल्लेख गरिएको छ।
यस निर्णयबाट बाँकेसहित पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रुकुम पूर्व, रोल्पा, नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ र बर्दिया जिल्लामा रहेका अवैध क्रसर उद्योग प्रभावित हुनेछन्।

नेत्र पाटी । १८ चैत्र २०८२, बुधबार ०८:१८