सुधन गुरुङ फेरि गृहमन्त्री बन्दै, ३ बजे शपथ

काठमाडौं । रास्वपा सांसद सुधन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले गुरुङलाई दोस्रोपटक गृहमन्त्री नियुक्त गर्न लागेका हुन् ।

३ बजे उनको शपथ हुनेछ । व्यापारीसँग साँठगाँठ गरेर अकुत सम्पत्ति आर्जेको आरोप लागेपछि उनले गृहमन्त्रीबाट राजीनामा दिनुपरेको थियो ।

सरकारले गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो । समितिले उनलाई क्लिनचिट दिएको थियो । समितिकै प्रतिवेदनकै आधारमा प्रधानमन्त्री शाहले गुरुङलाई फेरि गृहमन्त्री नियुक्त गर्न लागेका हुन् ।

गुरुङले केही दिनअघि नै आफू फेरि गृहमन्त्री बन्न लागेको संकेत गर्दै कार्यकर्तालाई २ महिना तस्वीर खिचाउन नआउनू भनेका थिए ।

शिलापत्रले गुरुङले राजीनामा दिएकै दिन ‘जनार्दन प्रकरण’ दोहोरिने सम्भावनाबारे समाचार लेखेको थियो ।

तपाईको प्रतिक्रिया