नेपालगन्ज ।नेपालगन्जस्थित तालिम केन्द्र नजिक मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा एक जना साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ।
ट्राफिक प्रहरीका अनुसार नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे १ क १६७७ नम्बरको लोड टिप्परले सोही दिशातर्फ यात्रा गरिरहेका एक साइकल यात्रीलाई करिब दिउँसो १ बजे ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर घाइते भएका साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरी बसपार्क पोस्टका इन्चार्ज असई प्रकाश विकका अनुसार मृतकको साथमा दूध बोकेको प्लास्टिकको पोको फेला परेकाले उनी धेरै टाढाको नभई आसपासकै क्षेत्रका हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
समाचार तयार पार्दासम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनापछि टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नेत्र पाटी । १६ असार २०८३, मंगलवार ०८:२७