रास्वपा बाँके २ को सचिवमा आचार्य नियुक्त

बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँके २ को सचिवमा राधिका आचार्य नियुक्त भएकी छन्। शुक्रबार कारकान्दोस्थित पार्टी कार्यालयमा क्षेत्रीय सभापति बालकृष्ण लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आचार्यलाई सचिवको जिम्मेवारी प्रदान गरिएको हो।

क्षेत्रीय सभापति लामिछानेका अनुसार गत जेठ २५ गते सम्पन्न अधिवेशनपछि सचिव पद रिक्त रहेको थियो। आचार्यको नियुक्तिसँगै क्षेत्रीय कार्यसमितिले पूर्णता पाएको उनले बताए ।

नवनियुक्त सचिव आचार्यले संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउँदै संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । पार्टीले आफूलाई विश्वास गरेर दिएको जिम्मेवारी इमानदारीपूर्वक बहन गर्ने उनको भनाइ छ।

कार्यक्रममा बोल्दै सभापति लामिछानेले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै आफ्नो क्षेत्रमा रहेका २९ वटै वडामा संगठनलाई बलियो बनाउने र निर्वाचनमा सफलता हासिल गर्न पार्टीले कुनै कसर बाँकी नराख्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सहमहामन्त्री मुना हमाल, सदस्य जीआर भुसाल, जिल्ला सभापति विवेककुमार श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाका सभापति नवीन खड्कालगायत पार्टीका नेता, कार्यकर्ता तथा क्षेत्र नम्बर २ का पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया