
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपलिकाले जाडो बिदा दिएको छ । पछिल्ला दिनमा अत्यधिक जाडो तथा सितलहर बढेपछि बिदा दिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।
अत्याधिक जाडो तथा शीतलहर बढेसँगै सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय सञ्चालनमा कठिनाई भएकाले बिदा दिइएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए ।
उपमहानगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण बिद्यालयहरुमा माघ ४ गतेदेखि ६ गतेसम्म जाडो बिदा दिइएको हो । नेपालगञ्जमा एक साता यता शीतलहर चलेसंगै चिसो अत्याधिक बढेको छ ।
प्रकाशित मिति : २०८० माघ ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्