
सुर्खेत
यहिँ माग ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । जसका लागि सबै दलहरुले आफ्ना उम्मेदवार घोषणा गरिसकेका छन् र प्रचार प्रसारमा समेत सुरु गरिसकेका छन् ।
तर सबै प्रदेशका उम्मेदवारको अवस्था हेर्ने हो भने पुरानै निर्वाचनको झल्को देखिन सुरु भएको छ, पुरुष उम्मेदवारको हावी ।
निर्वाचनको एतिहासिक अवस्था हेर्ने हो भने ३३ प्रतिशत महिला सहभागिता नारामा मात्रै सिमित भएको देखिन्छ । तर यसपटक कर्णाली प्रदेशले भने केही महिला उम्मेदवार पुरुष उम्मेदवारभन्दा सक्षम र बलियो हुन्छन् भन्ने प्रमाण पेस गर्ने देखिन्छ ।
देश चलाइरहेको गठबन्धनको सरकारले यसपटक कर्णाली प्रदेशमा राष्ट्रिय सभाका लागि महिलालाई प्राथमिकता दिएको छ । गठबन्धन दलबाट साझा उम्मेदवारका रुपमा मैदानमा सवित्री मल्ल उत्रिएकी छिन् । लामो समय राजनीतिक क्षेत्र र समाजिक क्षेत्रमा काम गरिसकेकी मल्ल संविधानले महिलाहरुलाई दिएको अधिकार सुनिश्चत गर्न आफ्नो उम्मेदवारी रहेको बताउँछिन् ।
२०४३ सालदेखि नै विद्यार्थी अवस्थाबाट राजनीति क्षेत्रमा क्रियाशित थिइन्, मल्ल । २०५२ सालमा नेकपा एमालेको संघठीत सदस्य बनेपछि मल्ल राजनीति र समाजिक अझै क्रियाशिल बन्दै गइन् । लगातार ५ पटक जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी सम्हालेकी मल्लले २०६० सालमा युवा संघको केन्द्रीय सदस्यको पनि जिम्मेवारी सम्हालेकी थिइन् ।
मिलनसार स्वभावकी मल्लले अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य र २०५४ सालमा जिल्ला विकास समितिमा पनि काम गरिसकेकी छन् । नारायण नगरपालिकाको उप–प्रमुख भएर जनताको सेवा गरेकी मल्ल जनता, समाज र राजनीतिको सम्बन्धलार्ई व्यवस्थापन गर्न निपुर्ण छिन् ।
हाल मल्ल नेकपा एकिकृत समाजवादीको केन्द्रीय सदस्य र दैलेख जिल्ला ईन्चार्जको रुपमा काम गरिरहेकी छिन् ।
मल्ल भन्छिन्,‘जसरी हुन्छ, जुन माध्यमबाट हुन्छ । जनताको सेवा गर्ने मेरो चाहना हो र सोही अनुसारका नीति नियम बन्नु पर्छ भन्ने मेरो धारणा हो ।’
३५ वर्ष बढी समयदेखि राजनीतिकको माध्यमबाट जनता, समाज र राष्ट्रको सेवा गर्दै आएकी मल्लले यसपटक राष्ट्रिय सभा निर्वाचित भएर पुरुषभन्दा महिला कम छैनन् भन्ने उदाहरण दिन सक्ने वातावरण देखिएको गठबन्धनका दलहरुका नेताहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्