सुर्खेत –
भरखरै राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन सम्पन्न भएको छ र नतिजा पनि आई सकेको छ । कर्णाली प्रदेशमा सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भए । जसमध्येकी थिइन्, दैलेखकी सावित्री मल्ल ।
विद्यार्थी कालदेखि सुरु गरेको मल्लको राजनीति यात्रामा आफ्नै कठिनाई र सघर्ष त छँदै छन् । यद्यपी ‘जसरी भए पनि जुन माध्यमबाट भए पनि सामाजिक सेवा गर्नु पर्छ’ भन्ने मल्लको मनोभाव्ले उनलाई राजनीतिक क्षेत्रमा सफल बनाउँदै लगेको छ ।
यसर्थ राष्ट्रिय सभाको महिला समूहतर्फ एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएकी मल्लले प्रदेशसभाका ४० सांसदमध्ये २९ मत प्राप्त गरिन् भने स्थानीय तहतर्फ १ सय १५ मत प्राप्त गरिन् । प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार हुम्लाकी विमला शाहीलाई उनले पछारेकी हुन् ।
मल्ल भन्छिन्,‘मैले राष्ट्रिय सभाको निर्वाचनमा जित हासिल गरे भनेर म र मेरा सहकर्मी खुसी त हुनु हुन्छ । तर म यसलाई मेरो काथमा थप जिम्मेवारी आएको अनुभुती गर्छु । मलाई भोट हालेर उहाँहरुले जिताउनु भएको मात्रै हैन मैले काम गर्न सक्छु भनेर मलाई जिम्मेवारी दिनु भएको हो ।’
२०४३ सालदेखि नै विद्यार्थी अवस्थाबाट राजनीति क्षेत्रमा क्रियाशित थिइन्, मल्ल । २०५२ सालमा नेकपा एमालेको संघठीत सदस्य बनेपछि मल्ल राजनीति र समाजिक अझै क्रियाशिल बन्दै गइन् । लगातार ५ पटक जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी सम्हालेकी मल्लले २०६० सालमा युवा संघको केन्द्रीय सदस्यको पनि जिम्मेवारी सम्हालेकी थिइन् ।
मिलनसार स्वभावकी मल्लले अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य र २०५४ सालमा जिल्ला विकास समितिमा पनि काम गरिसकेकी छन् । नारायण नगरपालिकाको उप–प्रमुख भएर जनताको सेवा गरेकी मल्ल जनता, समाज र राजनीतिको सम्बन्धलार्ई व्यवस्थापन गर्न निपुर्ण छिन् ।
हाल मल्ल नेकपा एकिकृत समाजवादीको केन्द्रीय सदस्य र दैलेख जिल्ला ईन्चार्जको रुपमा काम गरिरहेकी छिन् ।
मल्ल भन्छिन्,‘जसरी हुन्छ, जुन माध्यमबाट हुन्छ । जनताको सेवा गर्ने मेरो चाहना हो र सोही अनुसारका नीति नियम बन्नु पर्छ भन्ने मेरो धारणा हो ।’
३५ वर्ष बढी समयदेखि राजनीतिकको माध्यमबाट जनता, समाज र राष्ट्रको सेवा गर्दै आएकी मल्लले यसपटक राष्ट्रिय सभा निर्वाचित भएर पुरुषभन्दा महिला कम छैनन् भन्ने उदाहरण दिन सक्ने वातावरण देखिएको गठबन्धनका दलहरुका नेताहरुको भनाइ छ ।
मलाई जिम्मेवारी दिइएको हो: राष्ट्रिय सभा सदस्य मल्ल
तपाईको प्रतिक्रिया

नेत्र पाटी । १२ माघ २०८०, शुक्रबार १४:१७