नेपालगन्जमा सुविधा सम्पन्न व्यूटी एण्ड सलुन ट्रेनिङ सेन्टर सन्चालनमा

नेपालगन्ज । बाकेँको नेपालगन्जमा सुविधा सम्पन्न व्यूटी एण्ड सलुन ट्रेनिङ सेन्टर सन्चालनमा आएको छ । लामो समय सौन्दर्य सेन्टरमा कार्यरत नेपालगन्जकै सहिना हलवाइले उक्त सेन्टर सन्चालनमा ल्याएकी हुन् ।

नेपालगन्जको वडा नम्बर २ स्थित खानेपानी टेङ्की नजिक रहेको व्यूटी एण्ड सलुन ट्रेनिङ सेन्टरमा थ्रडिङ,फेसियल, वाक्स, सिम्पल मेकअप, हेभी मेकअप,ब्राइडल मेकअप दक्ष अनुभवि सौन्दर्यकर्मीबाट सेवाग्राहीहरुलाई सेवा दिने सन्चालक हल्वाईले बताइन । उनले,“यहाँ सौन्दर्य सम्बन्धी सम्पुर्ण ट्रेनिङ समेत दिने”

हल्वाईकाले स्कीन केयर,सेल्फ मेकअप लगायत सौन्दर्यमा चासो राख्ने महिलाहरुलाई लक्षित गरि यस व्यूटी एण्ड सलुन ट्रेनिङ सेन्टर सन्चालनमा ल्याउनुको मुख्य उद्देश्य रहेको बताइन् ।

बुधबार मिस नेपालगन्ज २०१५ का बिजेता सुमन थापाले व्यूटी एण्ड सलुन ट्रेनिङ सेन्टरको रिवन काटी उद्घाटन गरेकी हुन ् । थापाले उद्घाटन गर्दै व्यवसायिक सफलताको शुभकामना दिएकी छन् ।

उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासघं बाकेँका महिला उपाध्यक्ष करुणा शाह, समाजसेवी, व्यवसायी लगायत सौन्दर्यकर्मीको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया