बाँके। बाँकेको कोहलपुर स्थित न्यू रोड चोक खुल्ला मैदानमा जारी पाँचौं प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एबम् महोत्सव २०८० महोत्सवमा भोलि आईतबार चर्चित कलाकारको प्रस्तुती रहने भएको छ ।
महोत्सवको तेस्रो दिन लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, गायिका ज्योति मगर तथा चर्चित मोडल अश्मिता पुरीको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
महोत्सव माघ २५ गते बाट शुरू भएको फागुन ४ गते सम्म संचालन रहने छ । शनिबार लोक तथा दोहोरी गायक पुष्कल शर्मा, खेम सेन्चुरी तथा गायिका भूमिका गिरीको प्रस्तुती रहेको थियो ।
प्रकाशित मिति : २०८० माघ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्